एजेन्सी । दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ ।
सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेकोे बताएको छ । आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन ।
सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक १७६ पुगेको छ । आक्रमणमा ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।
गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् ।
रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - २०:४८
जाजरकाेट । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्...
मंसिर १४ गते, २०८१ - २०:२१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते ...
मंसिर १४ गते, २०८१ - २०:०९
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । काठमाडौंबाट रस्नालुतर्फ ज...
मंसिर १४ गते, २०८१ - २०:०६
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच द्...
मंसिर १४ गते, २०८१ - २०:०१
काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण...
मंसिर १४ गते, २०८१ - १९:५८
काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन् । नेपाल क्...
मंसिर १४ गते, २०८१ - १९:५२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्च...
मंसिर १४ गते, २०८१ - १९:४८
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष...
मंसिर १४ गते, २०८१ - १९:४३
कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्...
मंसिर १४ गते, २०८१ - १९:४०
मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी प...
प्रतिकृया लेख्नुहोस्: