Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्ने

खबरडबली संवाददाता

धरान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले साेमबार धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे ।

उनले भने, “प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भइरहेका छन् । सञ्चारकर्मीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाउन युनेस्कोको भूमिका पनि महत्वपूर्ण हुन्छ ।”

 प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गरे । युनेस्कोले काठमाडाैं बाहिर पहिलो पटक सम्पदा संरक्षणका लागि कार्यक्रम गरेको बताए । 

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिका संयोजक नम्रता शर्माले परम्परागत सञ्चारमाध्यमदेखि एआई युगमा चुनौती थपिएर्का बताइन् । 

चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले स्थानीय सम्पदा नासिदै गएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारिता सतही हुन थालेको बताए । अहिलेको पत्रकारिता अभ्यासमा आचारसंहिताको पालनालाई ध्यान नदिइको  बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङकाे केराबारीमा डुबेर दुई बालकको मृत्यु

विराटनगर । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर मृत्यु हुनेमा सोही ठाउँका...

मोरङमा खोलाले बगाएर युवक बेपत्ता

माेरङ । मोरङको धनपालथान गाउँपालिकामा बिहीबार दिउँसो १ जना युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।  मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कटह...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

जलेश्वर । स्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले...

गाेरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखै...

ताप्लेजुङ छोराले गरे बाबुको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार ...

बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत गरिँदै

सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएक...

किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता रोग बढ्न सक्छ सजक रहौँ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ ।...

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात

काठमाडौं । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।  पहिलो खेलमा बंगलादेशले स्कटल्याण्...

कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह क...

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy