उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उदयपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बलदेव चौधरी ले पराजयपछि पनि जनसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार गाईघाटस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार चौधरीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताले देखाएको विश्वास र समर्थनलाई राजनीतिक जीवनको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताए।
उनले विज्ञप्तिमार्फत भने, “लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको छु। परिणाम हाम्रो पक्षमा नभए पनि जनताले देखाएको स्नेह र समर्थन मेरो लागि ठूलो पूँजी हो।”
चौधरीले विजयी उम्मेदवारलाई बधाई दिँदै जनताको अपेक्षाअनुसार क्षेत्रको विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे। “म पराजित भए पनि जनताका मुद्दाबाट हराएको छैन,” उनले भने, “घरदैलो अभियानमा सुनेका समस्या र सपनाहरू नै अब मेरा मार्गनिर्देशक हुनेछन्।”
‘उदयपुरको धन अभियान’ सुरु गर्ने घोषणा
चुनावी अभियानका क्रममा उनले उदयपुरको आर्थिक विकासलाई केन्द्रमा राख्दै उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमार्फत ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए।
उनका अनुसार उक्त अभियान आगामी वैशाखदेखि सुरु गरिनेछ र करिब ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। “पदमा रहेर वा नरहेर पनि क्षेत्रको विकास, न्याय र जनसेवामा समर्पित रहनेछु,” उनले दोहोर्याए।
चौधरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा आफ्नो अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे।
उदयपुर–१ मा चौधरी तेस्रो स्थानमा रहँदै पराजित भएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - २०:१६
काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...
फाल्गुन २५ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...
फाल्गुन २५ गते, २०८२ - २०:०९
काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...
फाल्गुन २५ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...
फाल्गुन २५ गते, २०८२ - १९:५३
काठमाडौं । कानुन कार्यान्वयनको अग्रपंक्तिमा वर्षौँ बिताएका पूर्व सुरक्षाकर्मीहरू यसपटक कानुन निर्माण गर्ने थलो संसद्मा पुगेका छन्। चुनावी मैदानमा उत्र...
फाल्गुन २५ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेस का नेता अर्जुननरसिंह केसी ले पार्टीको पराजयपछि सभापति गगनकुमार थापा लाई राजीनामा नदिन सुझाव दिएका छन्। हालै सम्पन्न प्रत...
फाल्गुन २५ गते, २०८२ - १९:३३
उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उदयपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बलदेव चौधरी ले पराजयपछि पनि जनसेवामा निरन्तर सक्रिय रहने प्रति...
फाल्गुन २५ गते, २०८२ - १८:४७
डडेल्धुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा पूर्वराष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले)का उमेदवार चक्रप्रसाद स्नेहीसहित १० जनाको जमानत ज...
फाल्गुन २४ गते, २०८२ - २१:१२
काठमाडौं । टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता...
फाल्गुन २४ गते, २०८२ - २१:०७
काठमाडौं । राजावादी धारका नेता रवीन्द्र मिश्र ले तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वज...



प्रतिकृया लेख्नुहोस्: