काठमाडाैं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा २०५२ साल फाल्गुन १ गते रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौक, सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान परियोजनाको कार्यालयमा एउटै समयमा र एकैसाथ फौजी आक्रमण गरी ती प्रहरी चौकीहरु कब्जा गरेर महान् जनयुद्धको थालनी गरिएको थियो ।
त्यो जनयुद्धले यही २०७६ साल फाल्गुन १ गतेदेखि २४ वर्ष पुरा गरेर २५ वर्षमा प्रवेश गरिसकेको छ । गत फाल्गुन १ गते माओवादी क्रान्तिकारीले देशव्यापी रुपमा महान् दश वर्षे जनयुद्धको २५ आौ जनयुद्धको दिवस भव्यताका साथ मनाए र जनयुद्धले लिएका लक्ष्यहरु पुरा गरिछाड्ने प्रतिबद्धता पनि प्रकट गरे । माओवादी क्रान्तिकारीले फाल्गुन १४ गतेदेखि २१ गतेसम्म शहिद सप्ताहका रुपमा मनाउँदै आएका छन् । शहिद सप्ताह माओवादीहरुले युध्दकालिन अवस्था देखि नै मनाउँदै आएकाा छन । यस वर्ष पनि माओवादी क्रान्तिकारी कम्युनिस्टहरूले शहिद सप्ताह मनाइरहेका छन् ।
‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ’ भन्ने मुल नाराका साथ र ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध– जिन्दावाद’ नाराहरु लगाउदै महान् जनयुद्धको थालनी गरिएको थियो ।
यसका साथै तत्कालीन नेकपा माओवादीको १९ सदस्यीय केन्द्रीय नेतृत्वले महान् जनयुद्धको ऐतिहासिक पहलका लागि र जनयुद्धका लक्ष्यहरु पुरा गरेरै छाड्ने ७ बुँदे प्रतिबध्दता र जनयुद्धका ४ तयारी पुरा गरि छाड्ने प्रतिबधाता जाहेर गरिएको थियो ।
तत्कालीन माओवादीको केन्द्रीय नेतृत्वले महान् जनयुद्धको पहिलो योजना तर्जुमा गर्न २०५२ साल असारमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले निम्न लिखित ७ प्रतिबद्धताहरु जाहेर गरेको थियो ।
जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रो सैधान्तिक प्रतिबद्धताहरुः
१. हाम्रो यो योजना क्रान्तिकारी हिंसा सम्बन्धि माक्र्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछन् । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एक पटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिध्दान्तका रुपमा जनयुद्धको सिध्दान्त प्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता वाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उध्देश्ये हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन प्रवृत्ति विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने, त्यसको गगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिध्दान्तका आधारमा साँस्कृतिक क्रान्तिकारीहरु चलाउदै मानव जातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्ममा जाने उध्य्श्येमा आधारित हुनेछ ।
एक पटक हतियार उठएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छांै । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य संझौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी, संकीर्ण रुपले मुक्त रहनेछ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहने छ । नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद– लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघिबढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)’ ‘जसको हाम्रो पार्टी पनि सदस्य छ’ को विकासमाअझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो यो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैधान्तिक मान्यतामा आधारित रहनेछ ।अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखि हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पुरा ह्रदयले जनताको सेवा गर्न जनतासंग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिध्दान्तमा अविचल रहने कुरामा पार्टी कठिबध्द छ ।
६. हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधि सबै तह र तप्काका जनसमुदायलाई गोलबन्ध गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरीब किसानहरु माथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
७. युध्दका आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको ‘ क्रान्ति आफैंले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्त्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छाैं ।
यस अतिरिक्त तत्कालीन माओवादीले ४ तयारी गर्ने प्रतिबद्धता पनि जाहेर गरिएको थियाे । जनयुद्धको ऐतिहासिक पहलका निमित्त तयारीः १ वैचारिक तयारी, २. संगठनात्मक तयारी, ३. संघर्ष सम्बन्धि काम ।
यसरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फाल्गुन १ गतेदेखि थालनी गरेको सशस्त्र जनयुद्धको प्रक्रियामा मुलुकमा ग्रामीण ईलाकनहरुमा छापामार दस्ता हुदै जनमिलिसियाको निर्माण हुन पुग्यो ।
क्रान्तिका लागि ग्रामीण ईलाकाहरुमा आधार ईलाकाहरु निर्माण हुदै गए । पुरानो राज्य सत्ताका विरुद्ध लड्नका लागि डिभिजन स्तर सम्मका जनमुक्ति सेनाका डिभिजनहरु बन्न पुगे । नयाँ जनसत्ताहरु, जनअदालतहरु, जनकम्युनहरु र जनसरकारहरु बन्न पुगे । पार्टी संगठनहरुको ब्यापक विस्तार भयो ।
यसले गर्दा देश भित्र र बाहिर पनि सगरमाथाको देशबाट क्रान्तिको राम्रो सन्देश प्रवाहित भयो । नेपाली जनता अब क्रान्ति पुरा हुन्छ, जनताका समस्या समाधान हुन्छन् र नेपालमा अब नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना हुन्छ अनि समाजवादमा जान सकिन्छ भन्ने जनताले क्रान्तिकारी आशावादका साथ अपेक्षा गरेर लाखौंको संख्यामा जनताहरु जनयुद्धको प्रक्रियामा लामबध्द भए र जनताले जनयुद्धलाई सबै क्षेत्रबाट सहयोग गरे । जनयुद्धमा नेपाली जनताको अतुलनीय सहयोग पुग्यो ।
यसैक्रममा दशौं हजार नेपाली आमाका आँटी र असल छोराछोरीहरु शहिद बन्न पुगे, हजारौं नेपाली नागरिकलाई प्रतिक्रियावादी राज्यसत्ताले वेपत्ता पार्यो । हजारौंको संख्यामा नेपाली नागरिकहरु अपाङ्ग र घाइते बन्न पुगे । जनताको त्यो त्याग, बलिदान, जनमुक्ति सेनाको त्यग, वीरता सौर्य र बलिदानका कृतिमान बन्न पुगे ।
जनयुद्धले नेपाली जनतालाई मात्र होइन विश्वका भाइचाराहरुलाई पनि आशावादी बनायो । महान् दश वर्षे जनयुद्धको यो ज्यादै सकारात्मक पाटो हो । दश वर्षे जनयुद्धको नकारात्मक पाटो पनि छ ।
त्यो के हो भनेः नेतृत्वमा वैचारिक विचलनः महान् जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा जनयुद्धको नेतृत्व गर्दै आएको प्रचण्ड–बावुराममा ठूलो वैचारिक विचलन ज्वारभाटाका रुपमा पैदा भयो र त्यसले २०६२ असोज–कार्तिकमा चुनवाङ बैठकमा पुगेर सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रमलाई स्थगित गरेर ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यदिशा अंगिकार गर्न पुग्यो ।
त्यसले तत्कालीन संसदवादी ७ दलसित नयाँ दिल्लीमा पुगेर २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्न पुग्यो । यसक्रममा शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात २०६३ असार ८ गते देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको ग्राण्डडिजाइन, निर्देशन र योजनामा सात राजनीतिक दलहरुका बिचमा जनयुद्धका प्रक्रियामा निर्माण हुन पुगेका स्थानीय नयाँ जनसत्ताहरु, जनअदालतहरु, जनसरकारहरु विघटन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न पुग्यो नेतृत्व ।
२०६३ मंसिर ५ गते नेपाल सरकारको तर्फबाट गिरीजा प्रशाद कोइराला र विद्रोही माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डकाबीच दश वर्ष देखि चल्दै आएको सशस्त्र युध्दलाई आजका मितिदेखि अन्त्य गरियो भन्ने पत्रमा हस्ताक्षर गरेर विधिवत रुपमा दश वर्षे जनयुद्धको अन्त्यको घोषणा गरियो ।
त्यसै प्रक्रियामा सात राजनीतिक दलहरु र माओवादीको संलग्नतामा २०६३ माघ १ गते अन्तरिम संविधान जारी गरियो र माओवादी पनि संसदमा प्रवेश गर्दै २०६३ चैत १८ गते सरकारमा सामेल भयो ।
यसै प्रक्रियामा माओवादीको मुख्य नेतृत्व एक पछि अर्को गर्दै साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार पर्दै वर्गीय रुपमा र राजनीतिक रुपमा समेत आत्मसमर्पण गर्न पुग्यो र नेकपा (माओवादी)बाट एमाओवादी, माके हुदै पहिले नै प्रतिक्रियावादमा पतन भइसकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग पार्टी एकता गरेर नेकपामा परिणत भयो ।
यसले क्रान्तिप्रति, सर्वहारा वर्गप्रति र नेपाली जनताप्रति गंभीर प्रकारको गध्दारी भएकाे आम कार्यकर्ताकाे बुझाइ छ । यसले नेपाली जनता र नेपाली क्रान्तिलाई धोका दिने र गध्दारी गर्ने कार्य भएको छ ।
जनयुद्धबाट जनताले के पाए ?
राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थाको ठाउँमा लोकतान्त्रिक गणतन्त्र पाएका छन् । सामन्ती व्यवस्था भन्दा लोकतान्त्रिक गणतन्त्र एक कदम अघिको प्रजातान्त्रिक व्यवस्था पनि हो । यसबाट नेपाली जनताले धर्म निरपेक्षता पाएका छन् भने नेपाली जनताले एक हदसम्म समानुपातिक निर्वाचन प्रणाली पनि पाएका छन् ।
जनयुद्धले नेपाली जनताको चेतनास्तर धेरै माथि उठाइदियो । पिछाडि पारिएका जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, पिछडिएको क्षेत्रका जनतालाई माथि उठ्ने मौका मिलेको छ । दश वर्षे जनयुद्धबाट नेपाली जनताले पाएका उपलब्धि भनेको यही नै हो ।
जनयुद्धबाट जनताले के गुमाए ?
जनयुद्धको प्रक्रियाबाट प्राप्त गरेका स्थानीय नयाँ जनसत्ता, जनअदालत , जनकम्युनहरु र जनसरकारहरु गुमे । जनताले जनमुक्ति सेना गुमाए । जनताको रगतले साटिएका जनमुक्ति सेनाले बोगेका हतियारहरु गुमाए । सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक (जन) संविधान बनाएर महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उध्देश्येले निर्माण गरिएको पहिलो संविधानसभा गुमाए ।
नेपाली जनताले शहिदको रुपमा आफ्ना दशौ हजार छोराछोरी गुमाए । नेपाली जनताले यस युध्दबाट हजारौंको संख्यामा आफ्ना सन्तानहरु घाइते, अपांग भएको पाए । नेपाली जनताले यस युध्दबाट आफ्ना हजारौं सन्तानहरुलाई प्रतिक्रियावादी सत्ताले वेपत्ता पारिदिएको पाए ।
नेपाली जनताले यस युध्दबाट दश वर्ष सम्म नेपाली क्रान्तिका लागि गरेको त्याग, तपश्या र बलिदान गुमाए । नेपाली जनताले यस युध्दबाट महान् नेपाली क्रान्तिको आदर्श र स्वाभिमान पनि गुमाए । मुख्यतः नेपाली जनताले महान् जनयुद्धबाट गुमाएका कुराहरु यिनै हुन ।
माओवादीको नेतृत्वमा किन त्यति छिटै वैचारिक विचलन आयो ?
कुनै पनि घटना घट्नुका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् । यो विज्ञान कै नियम हो । माक्र्सवादी द्वन्द्ववादको नियम हो । महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेका माओवादी नेताहरूमा एक्कासि वैचारिक विचलन आएको होइन । यो विचलन आउनुको पछाडि निश्चित वैज्ञानिक कारणहरु रहेका छन् ।
जस्तो किः माओवादी पार्टीले मालेमावादलाई आफ्नो कामको पथप्रदर्शक सिध्दान्तको रुपमा अंगिकार गर्न पुग्यो । यो ज्यादै महत्त्वपूर्ण विषय थियो । तर तेतृत्वमा मालेमावादी सिध्दान्त र दर्शनका आधारभूत सिध्दान्तहरुको ज्ञान भण्डार कम्जोर रहन गयो । अर्थात् नेतृत्वमा माक्र्सवाद, माक्र्सवादी दर्शन अर्थात् मालेमनवादी सिध्दान्त र दर्शनका विषयमा वैज्ञानिक अध्ययन र बुझाइको कमिरहन गयो । नेतृत्वबाट पार्टी स्कुलिङ व्यवस्थित र वैज्ञानिक भएन ।
कुनै पनि व्यक्तिले माक्र्सवाद अर्थात् मालेमावादी अध्ययन गर्ने मात्र ठूलो कुरा होइन, मुख्य कुरा त मालेमावादलाई आत्मसात गर्ने कुरा र जीवन व्यवहारमा लागु गर्ने कुरा ठूलो कुरा हो । यो कठिन कार्य नेतृत्वकोे जीवनमा लागु भएन । किनभने माखनोवादी नेतृत्वमा चरम अवसरवाद देखिएको थियो, त्यो क्रान्तिको जटिल प्रक्रियामा, वर्ग संघर्षको दौरानमा छिटो प्रकट हुन पुग्यो ।
जनयुद्ध हाँकी रहेको तत्कालीन माओवादीको नेतृत्वमा वैचारिक स्तर उठ्न सकेन। २०५२ साल फाल्गुन १ गतेदेखि २०६२ साल असोज सम्म अर्थात् माओवादी पार्टीको चर्चित चुनवाङ बैठकसम्म आइपुग्दा सम्मको त्यो अवधिमा वर्ग संघर्षलाई चर्काइयो र हाकियो पनि । हजारौंको संख्यामा शहिद बन्न, अपांग र घाइते बन्न सक्ने स्पिरिट पैदा गर्न माओवादी नेतृत्व सफल त भयो । लाखौं लाख नेपाली जनता जनयुद्धमा लामबध्द बनाउन माओवादी नेतृत्व त सफल भयो नै । तर आफू चाहिँ मालेमावादको सिध्दान्तले लैस हुने, स्टालिनकै शब्दमा ‘विशेष धातुले बनेका कम्युनिस्ट’ बन्न सकेनन् ।
नेतृत्वले माक्र्सवादको स्वअध्ययन त गरे तर पार्टी स्कुलिङमा वैज्ञानिक ढंगले अध्ययन गर्न र माक्र्सवादका आधारभूत सिध्दान्तहरुलाई बुझ्ने, गहिरो गरी चिन्तन मनन गर्ने काम गरेनन्, टपर्टुयाँ अध्ययन र बुझाइका आधारमा नेता बन्न पुगे तर त्यतिले मात्र आवश्यक वैचारिक खुराक पुगेन, वर्ग संघर्ष अर्थात् जनयुद्ध भीषण बन्दै गयो नेतृत्वमा रहेको मालेमावादको दर्शन र सिध्दान्तले धानेन र उनीहरू त्यस भीषण वर्ग संघर्षलाई हाँक्न डराएर वैचारिक रुपमा पलायन भए पछि चर्चित चुनवाङ बैठक हुदै शान्ति प्रक्रियामा प्रवेश गरेर बाँच्न कै निम्ति आफ्नो चरम अवसरवादी दस्ताहरुलाई उठाउदै टुक्राटुक्रा पारी नेकपा सहितका विभिन्मान साना दलमा विलय हुन बाध्य पारीयाे ।
जनयुद्धकालीन माओवादी नेतृत्वमा वैचारिक स्तर उठ्न सकेन, अधिभूतवाद लागु पनि गरियो । माओवादी पार्टीको केन्द्रीय नेतृत्वले जनयुद्ध कै प्रक्रिया अन्तर्गत २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनमार्फत मालेमावादको विचार विकासको नाममा ‘प्रचण्ड पथ’को घोषणा गरेर प्रचण्ड पथको पगरी घुताईयो ।
प्रतिकृया लेख्नुहोस्: