काठमाडौँ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सवस्टेसन निर्माणाधीन छन् ।
एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन ९चार्ज० गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ ।
निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सवस्टेसनको काम सन्तोषजनक देखिएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । घिसिङले एक महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सवस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौँडा सवस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । त्यसको क्षमता नौ सय ४५ एमभिए छ ।
धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी०बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सवस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सवस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौँडा र इनरुवा सवस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सवस्टेसनमा एक सय ६०/१६० एमभिएका दुई पावर ट्रान्सफर्मर छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न २०७५ पुसमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभीका सवस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौँडा सवस्टेसन निर्माण गरिएको हो । यो सवस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गरिनेछ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १३:०६
काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...
बैशाख २० गते, २०८३ - १२:४२
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...
बैशाख २० गते, २०८३ - ११:४९
काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको एक ठूलो घर भत्काउने तयारी गरिएको छ। अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सरकारले उक्त संरचना हटाउने प्रक...
बैशाख २० गते, २०८३ - ११:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । ...
बैशाख २० गते, २०८३ - ११:२३
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...
बैशाख २० गते, २०८३ - ११:१४
काठमाडौँ । नेकपा एमालेका महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिएमा करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा...
बैशाख २० गते, २०८३ - ११:०३
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी आसपासका अतिक्रमित बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोही क्रममा आइतबार पनि विभिन्न क्ष...
बैशाख २० गते, २०८३ - १०:५६
काठमाडौँ। केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिर...
बैशाख २० गते, २०८३ - १०:४९
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले माइतीघर क्षेत्रमा ऐक्यबद्धता र्याली आयोजना गरेको छ। ‘शान्तिपूर्ण भविष्यको ...
बैशाख २० गते, २०८३ - १०:४०
मकवानपुर। मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन ...


प्रतिकृया लेख्नुहोस्: