मकवानपुर। मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। थाहा नगरपालिकाले सांस्कृतिक पर्व मेला संरक्षणका लागि जात्रा पर्वका अवसरमा बिदा दिँदै आएको छ ।
यसैबिच थाहा नगरपालिका ६ स्थित वज्रवाराहीमा वज्रवाराही (अजिमा) जात्रा सुरु भएको छ । प्रत्येक तीन वर्षमा हुने जात्रा शनिबारबाट सुरुभएको हो । चण्डीपुर्णिमा अर्थात् वैशाख पुर्णिमापछि लाग्ने जात्रा तीन दिनसम्म मनाइन्छ ।
स्थानीय प्रमोद जोशीले जात्राको पहिलो दिन शनिबार गाउँबाट देवताहरु ल्याएर वज्रबाराही अवस्थित पिठमा राख्ने परम्परा अनुसार पिठमा देवताहरु ल्याइएको जानकारी दिए।
जात्राको दोस्रो दिन अर्थात जात्राको मुख्य दिन प्रत्येक गाउँका घरघरबाट बलीसहित पूजा सामाग्री ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाउँबाट ल्याइएका देवताहरु तेस्रो दिन फर्काइने प्रचलन रहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।
काठमाडौँ उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये एक ललितपुरस्थित वज्रबाराही भएको र मकवानपुरको थाहा नगरस्थित वज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ ।
यो जात्रा वैशाख पूर्णिमापछिको शनिबार पारेर सुरु गर्ने गरिन्छ । जात्राको व्यवस्थापन थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले गरिरहेको छ ।
जात्रा हेर्न थाहा नगरका आसपासका पालिकासँगै काठमाडौँ उपत्यकाबाटसमेत आउने गर्छन । गुठीको नाममा रहेको २०४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी सञ्चालन हुँदै आएको छ । जात्रामा आफ्नो भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागिता जनाउने गरिन्छ ।
जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आइतबारदेखि बिहीबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्ने हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: