Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

भारतमा चर्कियो किसानको ‘दिल्ली चलो’ आन्दोलन

खबरडबली संवाददाता

काठमाडौं । भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरूले विभिन्न माग राख्दै ‘दिल्ली चलो’ आन्दोलन गरिरहेका छन् । बालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) निश्चित गर्ने कानुनको कार्यान्वयन हुनुपर्ने माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
बजारको अनिश्चितताका कारण किसानहरूका लागि यो सबैभन्दा महत्त्वपूर्ण माग रहेको छ ।  यसक्रममा दिल्लीतर्फ जान खोजिरहेका किसानहरू र प्रहरीबीच पञ्जाब र हरियाणाबीचको शम्भु सीमा विन्दुमा तनाव बढेको छ । किसानहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको र धेरैलाई हिरासतमा लिइएको बताइएको छ । अश्रु ग्यासका गोला प्रहार भइरहेको र किसान एवं मिडियाकर्मीहरूको भागदौड चलिरहेको भिडियो देखिएको एनडीटीभीले जनाएको छ ।

शम्भु सीमामा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी रहेको र किसानहरूलाई तितरबितर पार्न ड्रोनबाट समेत ‘स्मोक बम्ब’ फालेको बताइएको छ । किसानहरू अनुहारमा स्कार्फ बेरेर धातु र कंक्रीटको बार पार गर्दै अघि बढ्न खोजिरहेको थिए । सोहीक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको युद्धमैदान जस्तो दृश्य देखिएको बताइएको छ ।

२२० किसान संगठन र करिब एक लाख किसानहरू मंगलबार बिहानैदेखि संघीय राजधानी दिल्लीतर्फ जान खोजेका थिए । यो प्रदर्शनले सन् २०२०/०२१ को किसान आन्दोलन दोहोरिनसक्ने चिन्ता बढाएको छ । त्यतिबेला दर्जनौँको ज्यान गएको थियो भने दिल्लीमा नाकाबन्दी समेत गरिएको थियो ।

अहिले पनि प्रहरीले दिल्ली छिर्ने प्रमुख नाकामा कडाइ गरिएको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनकोे पूर्व सन्ध्ययामा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मे...

विराटनगर र ताप्लेजुङमा शङ्कास्पद वस्तु निष्क्रिय, १२० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ

विराटनगर । निर्वाचनको मौन अवधिमा  विराटनगर र ताप्लेजुङमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।  विराटनग...

भक्तपुरमा इन्सास राईफलसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पा...

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...

गहना लुटापाट गर्न खोज्ने दुई युवा प्रहरीको नियन्त्रणमा, एक जना फरार

काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका  ९ स्थित चिल्मिलिया २१ ...

इरानको आक्रमणबाट बहराइनस्थित अमेरिकी सैन्य अखडा ध्वस्त

काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...

इरानसँगको युद्ध अमेरिकालाई कति महँगो पर्ला?

एजेन्सी  । युुनाइटेड  स्टेट्स र इरानबीचको द्वन्द्व खुला सैन्य चरणमा प्रवेश गरेपछि यसको आर्थिक, सामरिक र रणनीतिक लागतबारे बहस तीव्र बनेको छ। अमेरिकी रा...

सुन तोलामा २५ सय बढ्यो, चाँदी कतिमा हुुँदै छ कारोेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको  भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको ...

६ दिनका लागि बजारबाट एक खर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।  राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE