काठमाडौं । भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरूले विभिन्न माग राख्दै ‘दिल्ली चलो’ आन्दोलन गरिरहेका छन् । बालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) निश्चित गर्ने कानुनको कार्यान्वयन हुनुपर्ने माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
बजारको अनिश्चितताका कारण किसानहरूका लागि यो सबैभन्दा महत्त्वपूर्ण माग रहेको छ । यसक्रममा दिल्लीतर्फ जान खोजिरहेका किसानहरू र प्रहरीबीच पञ्जाब र हरियाणाबीचको शम्भु सीमा विन्दुमा तनाव बढेको छ । किसानहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको र धेरैलाई हिरासतमा लिइएको बताइएको छ । अश्रु ग्यासका गोला प्रहार भइरहेको र किसान एवं मिडियाकर्मीहरूको भागदौड चलिरहेको भिडियो देखिएको एनडीटीभीले जनाएको छ ।
शम्भु सीमामा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी रहेको र किसानहरूलाई तितरबितर पार्न ड्रोनबाट समेत ‘स्मोक बम्ब’ फालेको बताइएको छ । किसानहरू अनुहारमा स्कार्फ बेरेर धातु र कंक्रीटको बार पार गर्दै अघि बढ्न खोजिरहेको थिए । सोहीक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको युद्धमैदान जस्तो दृश्य देखिएको बताइएको छ ।
२२० किसान संगठन र करिब एक लाख किसानहरू मंगलबार बिहानैदेखि संघीय राजधानी दिल्लीतर्फ जान खोजेका थिए । यो प्रदर्शनले सन् २०२०/०२१ को किसान आन्दोलन दोहोरिनसक्ने चिन्ता बढाएको छ । त्यतिबेला दर्जनौँको ज्यान गएको थियो भने दिल्लीमा नाकाबन्दी समेत गरिएको थियो ।
अहिले पनि प्रहरीले दिल्ली छिर्ने प्रमुख नाकामा कडाइ गरिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: