एजेन्सी । मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ ।
अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र अनन्त मूल्यमान्यताको विजयको प्रतिकका रूपमा पाँच सय वर्षपछि भव्य मन्दिर निर्माण भएको बताउदै आँखाबाट आँसु झारे । मन्दिर निर्माण पछि भगवान राम नै यहाँ आएको विश्वास व्यक्त गर्दै आचार्यले अव यहाँका स्थानीयलाई अपार आनन्द मिल्ने बताए ।
यसै सन्दर्भमा अर्का जना भक्तले अयोध्या आएर आफ्नो यात्रा पूरा भएको छ बताए । भगवान श्रीरामको आगमनको प्रतिक्षामा अयोध्याको भौगोलिक क्षेत्रलाई सुन्दररुपले तरिकाले सजाइएको छ । मन्दिरको जटिल काम पनि असाधारणरूपमा सुन्दर छ । भारत बाहिरबाट आएका मानिसका लागि कुनै कठिनाई नभई सबै कुराको व्यवस्थापन छ ।
विद्यार्थीसँगै आएका लखनऊका एकजना शिक्षकले आफूहरु एउटा प्रतियोगिताका लागि अयोध्या आएको बताउँदै यहाँ आइपुगेपछि आफूले राम मन्दिर पनि भ्रमण गरेको बताए । मन्दिर देखेर अद्भुत महसुस गरेको बताए ।
ठुलो सङ्घर्षपछि मन्दिर निर्माण सम्भव भएपछि मन्दिर परिसरमा आउँदा खुशी र सफलता हासिल गरेको अनुभव भएको उनको भनाइ छ । मन्दिर निर्माण सँगसँगै अयोध्यामा पनि उल्लेखनीय विकास स्वरुप सडक निर्माण गरिएको ती शिक्षकको भनाइ छ ।
परिणाम स्वरुप पर्यटकीय वातावरण पनि वृद्धि भएकाले चारैतिरबाट पर्यटकहरू निरन्तर आइरहेको उनले बताए । यसअघि अमिताभ बच्चनले शुक्रबार मन्दिरको भव्य उद्घाटनमा छोरा अभिषेक बच्चनसहित राम लल्लाको पूजा गरेका थिए ।
बुधबार सुरिनामको प्रतिनिधिमण्डलले अयोध्याको भ्रमण गरेको थियो । सुरिनामको राष्ट्रियसभाका अध्यक्ष मारिनस बीको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार अयोध्या पुगि आध्यात्मिक र सांस्कृतिक गतिविधिसहित राम लल्लाको मूर्तिको पूजा गरेको थियो ।
मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा अरुणाचल प्रदेशको मन्त्रिपरिषद्ले अयोध्यामा राम मन्दिरको भ्रमण गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयअनुसार भगवान राम लल्लाको प्राण प्रतिष्ठापछि राम लल्लाको दर्शन र पूजा गर्ने अरुणाचल प्रदेशबाट आएका तिनीहरू पहिलो राजनीतिक प्रतिनिधिमण्डल थिए ।
जनवरी २२ मा मन्दिरमा श्री राम लल्लाको ‘प्राण प्रतिष्ठा’ सम्पन्न भएको थियो । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुजारीको नेतृत्वमा अनुष्ठान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: