Ntc summer Offer
Khabar Dabali १ माघ २०८१ मंगलवार | 14th January, 2025 Tue
Investment bank

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

खबरडबली संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।
 
शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर बमोजिम शर्मालाई सजाय माग गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । माइती नेपालको गौशालास्थित केन्द्रीय कार...

ओखलढुङ्गामा चिया पकाउँदा सल्केको आगोले घर जलेर नष्ट

ओखलढुङ्गा । चिया पकाउन बालिएको आगो पूरा घरमा फैलिएर आगलागी भएको छ । आगलागीमा परेर फुसको छानो भएको ढुङ्गा माटोले बनेको एक तले घर जल्दा करिब १५ लाख बराब...

किन रोकियो राष्ट्रपति कार्यलयमा ‘भूमि अध्यादेश’

काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस भएका चारवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर सोमबार जारी गरे ।  राष्ट्रपत...

काठमाडाैं महानगरले बनायाे तीन वर्षे कार्यक्रम

काठमाडाैं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२/०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । ...

अध्यादेश ल्याउनु सरकारकाे अलोकतान्त्रिक कदम: गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्न आग्रह गरेका छ...

चीन केन्द्रबिन्दु भएर गएकाे भूकम्पकाे धक्का नेपालमा

काठमाडौं । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्द...

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा

अमेरिका । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ ...

ब्राजिलमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आ...

भारतीय प्रधानमन्त्रीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गरेका छन् । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको वि...

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

सियोल । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy