Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

खबरडबली संवाददाता

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलले बिहीबार बिहान नारायणी नदीमा हाम फालेको थिए। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं। ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको उद्धार टोलीले उनलाई मोटरबोटको सहायताले सकुशल बाहिर निकालेको हो । उद्धारपश्चात पौडेललाई उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, लार्चास्थित भोटेकोसी नदीको बीच भागमा अड्किनुभएका अर्का एक युवकको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

भोटेकोसी गाउँपालिका–१, लिस्ती बस्ने २३ वर्षीय सञ्जीव विकलाई नदीले बगाएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीबाट टोली खटिएको थियो । टोलीले विकलाई नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारी उद्धार गरेको हो । उद्धारलगत्तै उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिइएको पनि जानकारी दिए। अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उनको प्रतिबद्धता छ ।

उनका अनुसार सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको छ । राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने लक्ष्य रहेको उनले बताए।

गृहमन्त्री गुरुङले नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने स्पष्ट पारेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसद्मा स्पष्टीकरण, “कसैलाई हतोत्साही बनाउने मनसाय थिएन”

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ। सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending