काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार सम्पन्न भएका प्रिक्वाटर फाइनल चरणका ४ खेलको समाप्तिसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
मंगलबार सम्पन्न दिनको पहिलो खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले काव्या स्कुल बुद्धनगरलाई १४-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सैनिक आवासीय माध्यमिक विद्यालयको तर्फबाट डिग विजय शाही एक्लैले तेहोरो ह्याट्रिक पूरा गर्दा दिपेश दुम्जानले २ गोल गरेका थिए । सैनिक आवासीय माध्यमिक विद्यालयका लागि रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान १-१ गोल गरेका थिए । खेलमा डिग विजय शाही उत्कृष्ठ खेलाडी चुनिए ।
दिनको दोश्रो खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरले नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकीलाई १०-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लेबोरेटरी माध्यामिक विद्यालयको तर्फबाट विष्णु चन्दले ह्याट्रिक पूरा गर्दा एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २-२ गोल गरेका थिए भने १ गोल नेपालय हाईयर सेकेण्डरी स्कुलका तर्फबाट आत्मघाती भएको थियो । खेलमा विष्णु चन्द म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी मंगलबार नै सम्पन्न नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थबीच भएको खेल निर्धारित समयमा १-१ गोल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो जसमा नेपाल एपीएफ स्कुल (ख) ४-३ गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको अन्तिम ८ मा चयन भयो । खेलमा रोशन बुढा म्यान अफ दि म्याच चुनिए ।
मंगलबार नै सम्पन्न अन्तिम प्रि-क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल काभ्रे साँगाले लिटिल एन्जल्स स्कुल, हात्तीवनलाई ४-२ गोल अन्तरले पराजित गर्यो । खेलमा नेपाल पुलीस स्कुलको तर्फबाट राजु आर्जीले २ गोल गरेका थिए भने मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान १-१ गोल गर्दै टिमलाई प्रतियोगिताको अन्तिम ८ मा पुर्याउन सफल रहे । खेलको उत्कृष्ठ खेलाडी आयुष राई चुनिए ।
यसअघि सोमबार सम्पन्न खेलहरूमा विजयी हुँदै नेपाल एपीएफ स्कुल क, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । जहाँ मनकामना सेकेण्डरी स्कुल र जेम्स स्कुलबीच खेल हुनेछ ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: