Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः क्वाटरफाइनल समीकरण पूरा

खबरडबली संवाददाता

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । 

मंगलबार सम्पन्न भएका प्रिक्वाटर फाइनल चरणका ४ खेलको समाप्तिसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो । 

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले काव्या स्कुल बुद्धनगरलाई १४-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सैनिक आवासीय माध्यमिक विद्यालयको तर्फबाट डिग विजय शाही एक्लैले तेहोरो ह्याट्रिक पूरा गर्दा  दिपेश दुम्जानले २ गोल गरेका थिए । सैनिक आवासीय माध्यमिक विद्यालयका लागि रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान १-१ गोल गरेका थिए । खेलमा डिग विजय शाही उत्कृष्ठ खेलाडी चुनिए । 

दिनको दोश्रो खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरले नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकीलाई १०-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लेबोरेटरी माध्यामिक विद्यालयको तर्फबाट विष्णु चन्दले ह्याट्रिक पूरा गर्दा एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २-२ गोल गरेका थिए भने १ गोल नेपालय हाईयर सेकेण्डरी स्कुलका तर्फबाट आत्मघाती भएको थियो । खेलमा विष्णु चन्द म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी मंगलबार नै सम्पन्न नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थबीच भएको खेल निर्धारित समयमा १-१ गोल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो जसमा नेपाल एपीएफ स्कुल (ख) ४-३  गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको अन्तिम ८ मा चयन भयो । खेलमा रोशन बुढा म्यान अफ दि म्याच चुनिए । 

मंगलबार नै सम्पन्न अन्तिम प्रि-क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल काभ्रे साँगाले लिटिल एन्जल्स स्कुल, हात्तीवनलाई  ४-२ गोल अन्तरले पराजित गर्यो । खेलमा नेपाल पुलीस स्कुलको तर्फबाट राजु आर्जीले २ गोल  गरेका थिए भने मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान १-१ गोल गर्दै टिमलाई प्रतियोगिताको अन्तिम ८ मा पुर्याउन सफल रहे । खेलको उत्कृष्ठ खेलाडी आयुष राई चुनिए । 

यसअघि सोमबार सम्पन्न खेलहरूमा विजयी हुँदै  नेपाल एपीएफ स्कुल क, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । जहाँ मनकामना सेकेण्डरी स्कुल र  जेम्स स्कुलबीच खेल हुनेछ ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending