रामेछाप । रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि एक समाजिक संस्थाले जिल्लाको विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचाहन गराउने अभियान थालेको छ ।
सामाजिककार्यमा क्रियाशील रामेछाप–काठमाडाैं सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर राखी जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका ढुङ्गालाई सङ्कलन गरेर जिल्ला सदरमुकामका विभिन्न कार्यालय वरिपरि राखेर जुनारको रङसँग मिल्ने रङ लगाई जिल्लाका पालिका र वडाको जुनारको रङमा पहिचाहन गराउने अभियान थालेको हो ।
जिल्लामा रहेको सघन सहरी कार्यालय छेउबाट सुरु भएको अभियान जिल्ला प्रशासन, हुलाक, टेलिकम घरेलु हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको ढोकासम्म यस्ता ढुङ्गा सिङ्गारिएर राखिएका छन् । सरकारी कार्यालयको मूलढोका नजिक ढुङ्गा राखेर जिल्लामा रहेका मन्थली र रामेछाप नगरपालिकासहित आठवटै स्थानीय तह र साविकका ५५ वटा गाविसको नाम लेखिएको छ ।
यो अभियानले मन्थली बजारको सौन्दर्यता बढाएको र रामेछाप जिल्ला जुनारको जिल्ला हो भन्ने चिनारी दिन सदरमुकाममा झल्को दिएको स्थानीय टङ्ककुमार श्रेष्ठले बताए । जिल्ला सदरमुकाम आउने जोसुकै नागरिकले पनि आ–आफ्नो पालिका र वडाको नाम, जुनारको रूपमा पाउँदा गौरवान्वित हुने र बजार पनि सफा र आकर्षक देखिने भएकाले यो अभियान चलाएको रामेछाप–काठमाडाैं सृजनशील समाजका अध्यक्ष विपीन भट्टराईले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाको मन्थली रामेछाप र सुनापति गाउँपालिकालाई जुनार जोन घोषणा गरी विभिन्न कार्यक्रम गरिरहेको छ । यसरी जुनारको रङमा पालिका र साविकका गाविस तथा वर्तमान वडाको चिनारी गराउँदा सो क्षेत्रमा काम गर्ने आफूहरू र जुनार उत्पादक किसानले समेत गौरवको अनुभूति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए ।
समाजले यो अभियानलगायत जिल्ला सदरमुकाम मन्थलीमा कतै सृजनशील टावर पनि निर्माण गरेको छ । सरकारी कार्यालय वरिपरि डोको डस्टविनको अभियान पनि चलाएर रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।
मन्थली नगर र विभिन्न्न कार्यालयले वरिपरि यस प्रकारको सरसफाइ र सजावट गर्न सके सधैँ सफा र सुन्दर मन्थली देख्न सकिने स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: