Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

मन्थलीमा ढुङ्गाबाट जिल्लाको चिनारी गराउने अभियान

खबरडबली संवाददाता

रामेछाप । रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि एक समाजिक संस्थाले जिल्लाको विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचाहन गराउने अभियान थालेको छ ।

सामाजिककार्यमा क्रियाशील रामेछाप–काठमाडाैं सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर राखी जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका ढुङ्गालाई सङ्कलन गरेर जिल्ला सदरमुकामका विभिन्न कार्यालय वरिपरि राखेर जुनारको रङसँग मिल्ने रङ लगाई जिल्लाका पालिका र वडाको जुनारको रङमा पहिचाहन गराउने अभियान थालेको हो ।

जिल्लामा रहेको सघन सहरी कार्यालय छेउबाट सुरु भएको अभियान जिल्ला प्रशासन, हुलाक, टेलिकम घरेलु हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको ढोकासम्म यस्ता ढुङ्गा सिङ्गारिएर राखिएका छन् । सरकारी कार्यालयको मूलढोका नजिक ढुङ्गा राखेर जिल्लामा रहेका मन्थली र रामेछाप नगरपालिकासहित आठवटै स्थानीय तह र साविकका ५५ वटा गाविसको नाम लेखिएको छ । 

यो अभियानले मन्थली बजारको सौन्दर्यता बढाएको र रामेछाप जिल्ला जुनारको जिल्ला हो भन्ने चिनारी दिन सदरमुकाममा झल्को दिएको स्थानीय टङ्ककुमार श्रेष्ठले बताए । जिल्ला सदरमुकाम आउने जोसुकै नागरिकले पनि आ–आफ्नो पालिका र वडाको नाम, जुनारको रूपमा पाउँदा गौरवान्वित हुने र बजार पनि सफा र आकर्षक देखिने भएकाले यो अभियान चलाएको रामेछाप–काठमाडाैं सृजनशील समाजका अध्यक्ष विपीन भट्टराईले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाको मन्थली रामेछाप र सुनापति गाउँपालिकालाई जुनार जोन घोषणा गरी विभिन्न कार्यक्रम गरिरहेको छ । यसरी जुनारको रङमा पालिका र साविकका गाविस तथा वर्तमान वडाको चिनारी गराउँदा सो क्षेत्रमा काम गर्ने आफूहरू र जुनार उत्पादक किसानले समेत गौरवको अनुभूति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए । 

समाजले यो अभियानलगायत जिल्ला सदरमुकाम मन्थलीमा कतै सृजनशील टावर पनि निर्माण गरेको छ । सरकारी कार्यालय वरिपरि डोको डस्टविनको अभियान पनि चलाएर रचनात्मक क्रियाकलाप गर्दै आएको छ । 

मन्थली नगर र विभिन्न्न कार्यालयले वरिपरि यस प्रकारको सरसफाइ र सजावट गर्न सके सधैँ सफा र सुन्दर मन्थली देख्न सकिने स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE