Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

बालुवाटार प्रकरणमा मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय

खबरडबली संवाददाता

काठमाडौं । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ । 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो ।

'मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना'धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिष्ट्रेशन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैरकानूनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसूरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र विगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ', विशेषको फैसलामा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद

झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ । कचनकवल गाउँपालिका व...

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्र...

मकवानपुरका तामाङ मेची पुलमा खैरो हिरोइनसहित पक्राउ

झापा  । प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय आशाशकाजी त...

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको स...

चुनाव प्रचारमा १० भन्दा बढी झण्डा नबाेक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।  उपनिर्वाचनको प्रचारप...

यस्ता छन्, मन्त्रिपरिषद्का १९ निर्णयहरु

काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ ।  सञ्...

अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट

काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट पहिलो दिनमा रोमाञ्चक बनेको छ । अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस ...

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्...

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु: विदेश मन्त्रालय

बेइजिङ । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन...

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

लेबनान । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy