राैतहट । राैतहटकाे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिबार बसेको चन्द्रपुर नगरपालिकाको नगरसभाले त्यसलाई पारित गरेको हाे ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडा अध्यक्ष देवकोटाले चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएको वडा अध्यक्ष देवकोटाको भनाइ छ ।
वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ । अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रुपमा हुने छ । आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्याउने वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १३:१५
काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...
पौष १० गते, २०८१ - १३:११
सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...
पौष १० गते, २०८१ - १२:०६
ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...
पौष १० गते, २०८१ - ११:५८
मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...
पौष १० गते, २०८१ - ११:१४
धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया म...
पौष १० गते, २०८१ - ११:१०
काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्...
पौष १० गते, २०८१ - ११:०३
काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । माओको जन्म जयन्तीको अवसर पारेर ब...
पौष १० गते, २०८१ - १०:५६
चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै
पौष १० गते, २०८१ - १०:५२
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ ल...
पौष १० गते, २०८१ - १०:३४
काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...
प्रतिकृया लेख्नुहोस्: