Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् । 
   
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे। साथै उनले शालीनदीमा जल अभिषेक गरे । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे।

नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए। 
  
बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए। उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।  
  
सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुन:निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरे । उनहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुन:निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे। 
  
सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे । “शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ”, उनले भने, “भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।”
   
शालीनदीको मेलामा हरेक वर्ष झण्डै ३० लाख धर्मावलम्बीले दर्शन गर्ने उनले बताए। राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्वय गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending