काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । आइतबारकाे संसद बैठकमा सम्वाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने प्रतिवद्वता जनाएका छन् ।दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।
आइतबार संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत प्रश्न उठाएका थिए । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको बताउँदै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’
आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...
पौष ४ गते, २०८२ - ०९:४५
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...




प्रतिकृया लेख्नुहोस्: