Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

खबरडबली संवाददाता

पर्वत । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन् ।  

स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका छन् । २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउखेती सुरु गरेको बताए । 

शेरपुजाले युट्युव च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार वटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको स्याउखेतीमा अहिले तीन सय  वटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्षनै झण्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिए । 

उनले समुद्री सतहबाट दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउखेती गरेका छन् । सुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका बिरुवा रोपेका हुन् । सुरुआतमा मलखाद नमिलेका कारण २०÷२५ वटा बिरुवा मरेको र पुनः भारतवाट एम सात र एमएन १११ जातको नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताए । 

धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो । आफूले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको उनले बताए । 

सुरुमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आफैँले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको उनले बताए । यस वर्ष थप दुई सय बिरुवा रोप्ने योजना बनाएका शेरपुजाले आगामी वर्ष एक हजार ५०० बोट विस्तार गर्ने लक्ष समेत राखेका छन् । एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ । शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाए ।

कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफुले स्याऊका बिरुवा ल्याएर रोपेपछि गाउँलेले जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउखेतीतर्फ सकारात्मक बनेका छन् । शेरपुजाले भने, “पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकीले पनि स्याऊ खेती गर्न उत्साहित बनेका छन् ।” शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिए । 

अहिले परीक्षणकैरुपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ । “कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउखेती लगाएपछि प्रशस्त आम्दानी हुने अपेक्षा गरेको छु”, उनले भने । शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा विताउने योजना रहेको समेत बताए । 

स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ । शेरपुजा र उहाँकी श्रीमतीले फार्ममा काम गर्दै आएका छन् । उनका एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इञ्जिनियर, छोरी भने अस्टे«लियामा छन् । सहरमा बस्न बाग्लुङ बजारमा सुविधासम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउखेती गर्ने योजना बनाएको उनले बताए । 

गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती सुरुवात गरेको उनको भनाइ छ । अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउखेती विस्तार गर्ने उनको योजना रहेको छ ।

स्याउखेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्यबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उनले सुनाए । जिल्लामै पहिलोपटक खेती सुरु गरे पनि कुनै निकायवाट सहयोग नपाएको शेरपुजाले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending