बाजुरा । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।
चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् ।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए ।
हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८१ - २१:१७
सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक रोजगारको वर्तमान प...
जेष्ठ ८ गते, २०८१ - १५:२६
जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...
जेष्ठ ८ गते, २०८१ - १५:२२
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...
जेष्ठ ८ गते, २०८१ - १५:१८
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...
जेष्ठ ८ गते, २०८१ - १५:०८
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । नागरिकता द...
जेष्ठ ८ गते, २०८१ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...
जेष्ठ ८ गते, २०८१ - १४:२७
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...
जेष्ठ ८ गते, २०८१ - १४:१८
माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...
जेष्ठ ८ गते, २०८१ - १३:५७
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...
जेष्ठ ८ गते, २०८१ - १३:५५
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...
प्रतिकृया लेख्नुहोस्: