Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

ढिकीमा धान कुट्ने चलन हराउँदै

खबरडबली संवाददाता

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् ।

पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे । हाल ती ढिकीहरू हराउँदै गएका छन् । अर्को तर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्य नै छाडिएका छन् भने थारू समुदायका केहीका घरमा अझै ढिकी भए पनि धान कुट्नका लागि मिलमा पुग्ने गर्दछन् । एक दशकअघिदेखि ढिकी कुट्ने चलन विस्तारै हराउँदै जान थालेको शुक्लाफाँटा नगरपालिका–२ का हेमराज पाण्डेयले बताए ।

“धानमिलमा कुटिएको चामलभन्दा ढिकीमा कुटिएको धानको चामल निकै मिठो र पौष्टिक हुने गरेको थियो”, उनले भने, “ढिकीमा धान कुट्दा निकै समय लाग्ने र श्रम गर्नुपर्ने अवस्था थियो, अहिले सहजै एकछिमै मिलमा धान कुट्ने कार्य हुने भएकाले ढिकी राख्ने चलन हटेको छ ।”

कृष्णपुर नगरपालिका–२ वाणिकी वसन्ती राना बिहानीको कुखुराको डाँकमै ब्यूँझेर धान कुट्ने पुराना दिनको स्मरण गर्छीन् । “बिहानै ब्यूँझेर धान कुट्थ्यौँ”, उहाँले भन्नुभयो, “धान कुटेर आएका चामल माटोको भकारीमा राख्ने गरिन्थ्यो, ती चामलबाट बनाइएको भात निकै मिठो हुन्थ्यो, अहिले मिलमा कुटेका चामल देख्नमा चम्किला हुने भए पनि त्यति स्वादिलो हुने गरेको छैन ।” महिलाहरूलाई त्यसबेला ढिकी कुट्न निकै परिश्रम गर्नुपर्ने अवस्था रहेको उनले बताएइन् । दिनभरि घरको काम, राति पूरै निद्रा नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको पवित्रा चौधरीले बताईन् ।

“ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो”, उनले भनिन्, “दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनुपर्दथ्यो, त्यसबेला थोरै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो, त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

“चाडपर्व, विवाहलगायतका धार्मिक तथा अन्य अनुष्ठानमा सहभागी हुनेहरूका लागि भने चार–पाँच दिनदेखि नै ढिकीमा धान कुट्नुपर्ने बाध्यता नै हुन्थ्यो”, गीता चौधरीले भनिन्, “हाल पहिलेको तुलनामा महिलालाई घरायसी कार्य गर्न आधुनिक विद्युतीय मिलले सहज बनाइदिएको छ, पुर्खौँदेखि प्रयोग हुँदै आएका ढिकी, कोल्हु, जाँतो (चकिया)लगायत हराउँदै गएकामा चिन्तित पनि छु ।”

पहिचान झल्काउने पुराना वस्तुलाई पछिको पिँढीलाई चिनाउनकै लागि पनि जगेर्ना गरेर राख्नुपर्ने उनको भनाइ छ । ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको दानसिंह दहितले बताए । बलियो काठ सान्नानलगायतबाट ढिकी तयार गरिन्थ्यो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies