Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

द्वन्द्वपीडितले बुझाए प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई द्वन्द्वपीडितले सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सत्य, न्याय, परिपुरण, स्मृति र सामाजिक न्यायका लागि पीडितहरूको राष्ट्रिय अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा संसद्को कानून, न्याय तथा मानव अधिकार समिति र संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने विषयलाई मुख्य अजेन्डा बनाई चालु अधिवेशनबाट पारित गर्न माग गरिएको छ। 

पीडितहरूको सक्रिय सहभागितामा विश्वसनीय आयोगहरू स्थापना गर्न, परिपुरण नीति तथा कोष निर्माण गरी परिपुरणका कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पीडितहरूको परिचालन तथा सहभागिता सुनिश्चित हुनेगरी तत्काल लागू गर्न अभियानले ध्यानाकर्षण गराएको छ।

यस्तै, कुनै पनि बहानामा पीडितहरूको दैनिक आवश्यकता, प्राथमिकता र लामो पर्खाइलाई बेवास्ता गरी संक्रमणकालीन न्याय प्रक्रियालाई नलम्ब्याउन र राजनीतिक स्वार्थपूर्ति तथा लेनदेनका नाममा वर्षौंदेखि अन्याय र पीडामा बाँच्न बाध्य भुइँतहका पीडितहरूको सत्य, परिपुरण, सामाजिक सम्मान र न्यायका मागहरू अविलम्ब सम्बोधन गर्नुपर्ने माग राखिएको छ।

छिटो सत्य र परिपुरण दिनुपर्ने, पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रियामा सहयोगी र पीडितहरूको सामूहिक अभियानमा साथ दिन सरकार, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई पनि अभियानले अपिल गरेको छ।

ध्यानाकर्षण बुझाउन गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल, द्वन्द्वमा बलात्कार पीडित महिलाहरूको राष्ट्रिय संगठन, द्वन्द्व पीडित साझा चौतारी, राष्ट्रिय स्मृति सञ्जाल, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित समिति (सीभीसी), सामाजिक न्याय समिति, द्वन्द्व प्रभावित सरोकार केन्द्र, दाङ, जनयुद्धका शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशन, बेपत्ता योद्धा परिवार समाज, शहीद परिवार समाज, शहीद तथा बेपत्ता स्मृति प्रतिष्ठान, घाइते तथा अपांगता भएकाहरूको राष्ट्रिय सञ्जाल र राप्ती सोनारी द्वन्द्वपीडित सञ्जालका प्रतिनिधि पुगेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा केही दिन सहमतिको प्रयास गर्ने र त्यसपछि प्रक्रियामा अगाडि बढ्ने जानकारी दिएको गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालका रामकुमार भण्डारीले बताए ।       

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छत्रेश्वरीमा सामी कार्यक्रमबारे अन्तरक्रिया

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक रोजगारको वर्तमान प...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies