Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

‘राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार  यहाँ आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताए । 

उनले, “आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ । आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताए । उनले भने, “पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ । भेदभावबिना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।”
 
आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले विज्ञ र अनुसन्धानकर्तामार्फत गरेको अध्ययनका आधारमा समावेशिताका लागि गरेको सिफारिस कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायले बेवास्ता गरेको बताए । उनले, “आयोगले सिफारिस गर्ने तर सरकार र संसद्ले गम्भीरतापूर्वक नलिने हो भने अहिलेको संविधान र संविधानवादको उपहास हुन पुग्छ । पछाडि परेको जाति, वर्ग र समुदायलाई राज्यको शासन प्रणालीमा मूलप्रवाहीकरण गर्न  तथा सामाजिक न्याय प्राप्तिका लागि आयोग सधैँ क्रियाशील रहेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy