काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार यहाँ आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताए ।
उनले, “आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ । आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताए । उनले भने, “पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ । भेदभावबिना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।”
आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले विज्ञ र अनुसन्धानकर्तामार्फत गरेको अध्ययनका आधारमा समावेशिताका लागि गरेको सिफारिस कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायले बेवास्ता गरेको बताए । उनले, “आयोगले सिफारिस गर्ने तर सरकार र संसद्ले गम्भीरतापूर्वक नलिने हो भने अहिलेको संविधान र संविधानवादको उपहास हुन पुग्छ । पछाडि परेको जाति, वर्ग र समुदायलाई राज्यको शासन प्रणालीमा मूलप्रवाहीकरण गर्न तथा सामाजिक न्याय प्राप्तिका लागि आयोग सधैँ क्रियाशील रहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: