Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

डब्लुएचओद्वारा इथियोपियामा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्र स्थापना

खबरडबली संवाददाता

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ।

संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार केन्द्रहरूले हैजाको उपचारको लागि बिरामी हेरचाहको उपलब्धता, पहुँच र गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचओले यस कदमले पीडितको जीवन बचाउनका लागि महत्त्वपूर्ण र प्रभावकारी  काम गर्ने बताएको छ ।  

त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।

डब्ल्युएचओका अनुसार इथियोपियामा चलिरहेको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ४६८ पुगेको छ भने जनवरी ३० सम्म पूर्वी अफ्रिकी देशमा ३२ हजार ५४८ हैजाका घटनाहरू रिपोर्ट गरिएको छ।

इथियोपियामा हैजाको प्रकोप फैलिएको बीच संयुक्त राष्ट्रसंघ एजेन्सीहरू महामारी फैलिनुका कारण पत्ता लगाई  समाधानका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग आह्वान गरिरहेका छन् ।

इथियोपियामा हैजाको प्रकोप जारी रहेका बेला  संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र मानवीय साझेदारहरूले देशमा बारम्बार हैजाको प्रकोपको फैलनुका मूल कारणहरूलाई सम्बोधन गर्न दिगो समाधानका लागि आह्वान गरिरहेका छन् । मूलतः कम गुणस्तरको पिउने पानी र खुला शौचालय नै मुख्य कारण मानिन्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy