Ntc summer Offer
Khabar Dabali १६ पुष २०८१ मंगलवार | 31st December, 2024 Tue
Investment bank

प्रधानमन्त्री दाहालसँग बेलायतका विकासमन्त्रीको भेट

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उनिहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।
 
त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गरेकाे उनकाे सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए । 

नेपाल र बेलायतबीच ‘ग्रीन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ । यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा  सघन सहकार्य गर्न बताए । 

भेटका बेला प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

काठमाडौँ । गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावर...

विभिन्न जिल्लामा ६ जना मृत फेला

काठमाडौं । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् ।   सुनसरीको...

क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो

काठमाडौंं । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन मह...

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबा...

बिआरआई परियोजना समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले...

पाँच महिनामा छहजार रोपनीमा लगाइएको गाँजा फडानी

काठमाडौं । पाँच महिनाको अवधिमा प्रहरीले करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्...

सहकार्यकाे लागि जुट्दै मधेशबादी दलहरु

काठमाडाैं । मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ । आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक...

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको विरासतको विश्व समुदायबाट प्रशंसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वभरीबाट १०० वर्षको उमेरमा आइतबार निधन भएका जिम्मी कार्टरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले मानव अधिक...

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबिच भेटवार्ता

दमास्कस । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्...

सडकलाई समृद्धिसँग जाेड्नु पर्छ: मन्त्री दाहाल

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy