काठमाडौं । दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरूको विभिन्न संघसंस्थाले बिहीबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरूले केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगहरूले किसानलाई नदिएको जनाएका छन् ।
उनीहरूले दूधको बाँकी वक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।
आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरुमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तररूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघका अध्यक्षका अध्यक्ष विश्वराज घिमिरेले जानकारी दिए ।
केन्द्रीय दुग्ध सहकारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बजारमा पठाइएको दूधको बक्यौता नउठेको बताए । दूध किसानहरूलाई मर्का परेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । सहकारीले दैनिक १२ लाख लिटर संकलन गरी वितरण गरिरहेको अवस्थामा अहिले दूध नै बिक्री हुन नसकेकाले सडकमा जान बाध्य भएको सापकोटाले बताए ।
दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको समस्या उत्पन्न भएको किसानहरुको गुनासो छ । नेपालभन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको उनीहरूले बताएका छन् । नेपालमा हाल ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क छ भने करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष संलग्न छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: