काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिऊ लगायतका बस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। ’
नेपालबाट निर्यात हुने बस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्वन्ध कायम हुनेगरी व्यवसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए । क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताए ।
यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गरे । उनले भने, ‘नेपालले आगामी वैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवं सूचना प्रविधिको क्षेत्रका मुख्य मुख्य आयोजनाहरुमा लगानीका लागि पहल गर्न आवश्यक छ ।’ लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने अध्यक्ष मल्लले बताए ।
चेम्बर पदाधिकारीसंगको भेटका क्रमम नवनियूक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बी टु बी भेटवार्ताका लागि आफुले पहल गर्ने पौड्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: