कर्णाली । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ । कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो । खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए । खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उनले आग्रह गरे ।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताए । “अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ”, उनले भने, “दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - २०:४२
काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...
पौष ४ गते, २०८१ - २०:२७
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...
पौष ४ गते, २०८१ - २०:००
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...
पौष ४ गते, २०८१ - १९:४४
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
प्रतिकृया लेख्नुहोस्: