काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले पार्टीभित्रको पछिल्लो विवादलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले पार्टी विभाजन गरेर बनेको कांग्रेसले मुलुकको नेतृत्व गर्न नसक्ने दाबीसमेत गरे।
‘हिजो निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर गएकै हो। यो अपराध हो। यो अपराध क्षम्य हुँदैन,’ खड्काले भने।
पार्टी सभापतिले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरिसकेको उल्लेख गर्दै उनले कांग्रेसभित्रको विवादमा न्यायिक निकायको निर्णयको प्रतीक्षा भइरहेको बताए।
खड्काले वर्षौंदेखि विभिन्न निर्वाचनमा निर्वाचित हुँदै आएका नेताहरूलाई टिकट नदिने काम ‘सच्चा कांग्रेस’ले गर्न नसक्ने जिकिर गरे।
‘हामी सबैलाई थाहा छ, चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन,’ उनले भने, ‘सच्चा कांग्रेस भएको भए सबै निर्वाचनमा सधैं निर्वाचित यत्रा नेतागणलाई टिकट नदिने दुस्साहस गर्न सकिँदैन थियो।’
उनले पार्टी नेतृत्वमाथि बल प्रयोग र दमनको आरोपसमेत लगाए। घरमा आगजनी गर्ने, नेतृत्वमाथि कुटपिट गर्ने र सत्ता लुटेर लैजाने काम भएको उनको दाबी थियो।
‘सच्चा कांग्रेस भएको भए, घरमा आगो लगाइदिए, रक्ताम्य बनाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो। यो अपराध हो। के आज यो अपराध क्षम्य हुन्छ ?’ उनले प्रश्न गरे।
इतर पक्षको राष्ट्रिय भेलामा भएको सहभागिताले आफूहरूले उठाउँदै आएको विषयलाई बलियो समर्थन गरेको खड्काको दाबी थियो। उनले भेलाको उपस्थितिलाई आफूहरूका लागि ‘गर्विलो झापड’का रूपमा चित्रण गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...



प्रतिकृया लेख्नुहोस्: