काठमाडौं । यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।
राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ ।
खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिए ।
उनका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहने छन् । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।
‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।
खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: