काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह जे अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले एसियाली टोली जोर्डनलाई ३–१ गोलले हरायो । हारसँगै जोर्डन विश्वकपबाट बाहिरिएको छ ।
अर्जेन्टिनाको जितमा जिओभानी लो सेल्सोले १९औँ मिनेटमा खाता खोले। त्यसपछि लौटारो मार्टिनेजले ३१औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
मेस्सीले ८०औँ मिनेटमा फ्रिकिकमा उत्कृृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताए। जोर्डनका लागि मोउसा टामारीले ५५औँ मिनेटमा एक गोल फर्काए ।
६०औँ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गर्नुभएका मेस्सीले डिक्स बाहिबाट हानेको फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो । जसलाई विपक्षी गोलरक्षकले नियाल्न समेत सकेनन् ।
मेस्सीको यो जारी विश्वकपमा सर्वाधिक छैटौँ गोल हो । यसअघि मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्ध दुई गोल गरेको थियो ।
यससँगै मेस्सीले विश्वकपको सात खेलमा लगातार गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएको छन्। मेस्सीले विश्वकपमा सर्वाधिक १९ गोल गर्ने खेलाडीको कीर्तिमा समेत बनाएको छन्।
जितसँगै समूहमा शतप्रतिशत नजिजा निकालेको अर्जेन्टिनाले नौ अङ्क बनाएको छ । यही समूहको अर्को खेलमा अल्जरिया र अष्ट्रियाले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।
बराबरीसँगै उपविजेता बनेको अल्जेरिया चार अङ्कसहित दोस्रो स्थानमा छ । समान चार अङ्क बनाएको अष्ट्रिया उत्कृष्ट तेस्रो टोलीको रुपमा अगाडि बढ्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १३:४३
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...
श्रावण १२ गते, २०८३ - १३:३३
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्...
श्रावण १२ गते, २०८३ - १३:२४
काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संश...
श्रावण १२ गते, २०८३ - ११:५९
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...



प्रतिकृया लेख्नुहोस्: