धनगढी । अधिवेशन सुरु भएको पाँच दिनसम्म पनि नेतृत्वको लागि रस्साकस्सी चलिरहेको नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो । तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको जनाएको हो ।
अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा जारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएको भए पनि कैलालीमा पाँचौं दिन समेत मतदान हुन सकेको छैन ।
एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र एमाले सुदूरपश्चिम कमिटि निवर्तमान अध्यक्ष दामोदर भण्डारीको चरम गुटबन्दीका कारण अधिवेशन अनिर्णयको बन्दी बनेको प्रतिनिधिको आरोप छ ।
नेतृत्वका लागि कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - २१:०३
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...
आश्विन ५ गते, २०८१ - २०:५१
कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...
आश्विन ५ गते, २०८१ - २०:४७
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...
आश्विन ५ गते, २०८१ - २०:२०
काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...
आश्विन ५ गते, २०८१ - २०:०६
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । इरान समर्थित ह...
आश्विन ५ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...
आश्विन ५ गते, २०८१ - १९:४३
काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...
आश्विन ५ गते, २०८१ - १९:३७
बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...
आश्विन ५ गते, २०८१ - १९:३३
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् । ...
आश्विन ५ गते, २०८१ - १९:२७
काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...
प्रतिकृया लेख्नुहोस्: