काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियासँग जोडिएको विषयलाई केही दिनभित्रै टुङ्गो लगाइने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित २३औँ मजदुर बलिदान दिवस एवं पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी केही दिनभित्र समितिबाट सो विधेयकलाई टुङ्गो लगाएर सदनमा लगेर पारित गर्ने तयारीमा रहेको जानकारी दिए ।
उक्त विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति उचित सम्मान हुने उनको भनाइ छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएकाले नै सहिद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पूर्ण रुपमा पाउन नसकेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
शान्ति प्रक्रिया पूरै टुङ्ग्याएपछि जनयुद्ध दिवस पुनःमनाइने र बिदा दिइने उनको भनाइ थियो । पहिलो पटक नै जनयुद्ध र सहिदको सम्मान गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राजपत्रमा प्रकाशित हुन नसक्दा सम्मान पाउन नसकेको भए पनि यसपटक सम्बोधन गरिएको उल्लेख गरे ।
राज्यले यसपटक सम्मान गरेको र छुटेकालाई समावेश गरिएको उनले बताए । राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको ढोका खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो । “शान्ति प्रक्रियाका केही काम बाँकी रहेका र टुङ्गो नलागेकाले राज्यबाट पाउनुपर्ने परिपूरण, सम्मान, परिवारलाई रोजगारीलगायत विषयलाई विधेयकमा समावेश गरिएको छ । सबै सहिद, बेपत्ता योद्धाप्रति राज्यका तर्फबाट राष्ट्रिय सम्मान गरिएको र विधेयक पारित भएपछि थप सम्मान प्राप्त हुने छ”, उनले भने ।
जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक बिदा दिइएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सक्रमणकालीन न्यायसँग जोडिएका विषय निष्कर्षमा पुगेपछि पुनः राष्ट्रिय दिवसका रुपमा मनाइने बताए । संविधानमा नै समाजवाद उन्मुख राज्य लेखिएको स्पष्ट पार्दै उहाँले केही व्यक्ति प्राप्त भएको उपलब्धी उल्ट्याउने कोशिसमा लागेका भए पनि त्यो सफल नहुने बताए ।
सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एक अर्कामा जोडिएको अभिन्न विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दहालले ती विषय प्राप्त नगर्दासम्म समाजवाद स्थापना हुन नसक्ने स्पष्ट पारे । सहिदले बलिदान गरेर स्थापना गरेको परिवर्तनप्रति प्रतिक्रान्तिकारी शक्तिले धावा बोल्ने प्रयास गरेको भए पनि त्यसका विरुद्ध मजदुर वर्गले प्रतिवाद गर्नु जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मजदुर आन्दोलनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तक प्रधानमन्त्री दाहालले सार्वजनिक गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: