काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियासँग जोडिएको विषयलाई केही दिनभित्रै टुङ्गो लगाइने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित २३औँ मजदुर बलिदान दिवस एवं पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी केही दिनभित्र समितिबाट सो विधेयकलाई टुङ्गो लगाएर सदनमा लगेर पारित गर्ने तयारीमा रहेको जानकारी दिए ।
उक्त विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति उचित सम्मान हुने उनको भनाइ छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएकाले नै सहिद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पूर्ण रुपमा पाउन नसकेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
शान्ति प्रक्रिया पूरै टुङ्ग्याएपछि जनयुद्ध दिवस पुनःमनाइने र बिदा दिइने उनको भनाइ थियो । पहिलो पटक नै जनयुद्ध र सहिदको सम्मान गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राजपत्रमा प्रकाशित हुन नसक्दा सम्मान पाउन नसकेको भए पनि यसपटक सम्बोधन गरिएको उल्लेख गरे ।
राज्यले यसपटक सम्मान गरेको र छुटेकालाई समावेश गरिएको उनले बताए । राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको ढोका खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो । “शान्ति प्रक्रियाका केही काम बाँकी रहेका र टुङ्गो नलागेकाले राज्यबाट पाउनुपर्ने परिपूरण, सम्मान, परिवारलाई रोजगारीलगायत विषयलाई विधेयकमा समावेश गरिएको छ । सबै सहिद, बेपत्ता योद्धाप्रति राज्यका तर्फबाट राष्ट्रिय सम्मान गरिएको र विधेयक पारित भएपछि थप सम्मान प्राप्त हुने छ”, उनले भने ।
जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक बिदा दिइएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सक्रमणकालीन न्यायसँग जोडिएका विषय निष्कर्षमा पुगेपछि पुनः राष्ट्रिय दिवसका रुपमा मनाइने बताए । संविधानमा नै समाजवाद उन्मुख राज्य लेखिएको स्पष्ट पार्दै उहाँले केही व्यक्ति प्राप्त भएको उपलब्धी उल्ट्याउने कोशिसमा लागेका भए पनि त्यो सफल नहुने बताए ।
सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एक अर्कामा जोडिएको अभिन्न विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दहालले ती विषय प्राप्त नगर्दासम्म समाजवाद स्थापना हुन नसक्ने स्पष्ट पारे । सहिदले बलिदान गरेर स्थापना गरेको परिवर्तनप्रति प्रतिक्रान्तिकारी शक्तिले धावा बोल्ने प्रयास गरेको भए पनि त्यसका विरुद्ध मजदुर वर्गले प्रतिवाद गर्नु जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मजदुर आन्दोलनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तक प्रधानमन्त्री दाहालले सार्वजनिक गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: