काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति साढे १ बजे उनको निधन भएको नेपाली कांग्रेसका नेता फूलकुमार लालवानीले जानकारी दिइन्।
स्वर्गीय नौलखाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल उनको निवास पुगेको थिइन्। महामन्त्री पौडेलले नौलखाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
स्वर्गीय इन्दुदेवीका श्रीमान् भीमराज नौलखा जननायक बिपी कोइरालाका अनन्य सहयात्री थिइन्। वि।सं। २००७ सालको क्रान्तिका क्रममा श्रीमान् भीमराज प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएका बेला इन्दुदेवीले नेपाली कांग्रेसलाई एक सय तोला सुन दान गरेर क्रान्तिमा ठुलो आर्थिक सहयोग पुर्याएको थिइन्।
मारवाडी समुदायका भीमराज र इन्दुदेवीले कठिन समयमा पुर्याएको सोही योगदानका कारण यो परिवार सधैँ कोइराला परिवारसँग निकट रहेको बताइन्छ ।
उनले लामो समयसम्म प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको थिइन् । उनका श्रीमान् भीमराजको यसअघि नै निधन भइसकेको छ ।
स्वर्गीय नौलखाको इच्छाअनुसार उनको मरणोपरान्त नेत्रदान गरिएको छ । तेरापंथ युवक परिषद्, काठमाडौँको समन्वयमा उनको आँखा दान गरिएको परिवारले जनाएको छ । उनले जीवित छँदै आफ्नो मृत्युपश्चात् नेत्रदान गर्ने स्वीकृति दिएको थिइन् । स्वर्गीय इन्दुदेवीको मङ्गलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: