Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

खबरडबली संवाददाता

म्याग्दी । घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ ।

यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो ।

साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ । करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन् । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन् । हिजोआज गाउँको स्वरुप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन् ।

मलिका–६ का टेकबहादुर सिउथानीले भन्नुभयो, “संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन् । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन् ।”

विकास थपिँदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मङ्गला गाउँपालिका–५ का विकल सेनले बताए । गाउँमा सुविधाको कमी छैन । अवसर पनि प्रशस्तै छन् भन्दै गाउँका मानिस बढी महत्काङ्क्षी बन्दै गएपछि सहर केन्द्रित हुँदै गएको उनको भनाइ थियो ।

“घरघरमा चौविसैँ घण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ । विद्यालय पाँच मिनेटमा पुग्न सकिन्छ । स्वास्थ्यचौकी गाउँमै छ । गाडी बस्तीबस्तीमा पुग्छ । सूचना प्रविधिका कारण विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ”, सेनले भने, “यी सबै सुविधाहरु गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो ।”

विसं २०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ ।

लैङ्गिक अनुपात ९५.८७, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात प्राय: विदेशमा बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्याधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको जनाइएको छ ।

“अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन् । गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन् । फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन्”, बेनी नगरपालिकाका कृष्ण पौडेलले भने । सहर वा विदेशबाट निर्वाचनको समयमा गाउँ फर्केनेले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो ।

सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मङ्गला–४ का झकबहादुर विश्वकर्माले बताए। “गाउँमा आपतविपद् पर्दा, कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा, सहर र विदेशमा रहेका गाउँका व्यक्तिले सहयोग पनि गर्छन् । पढेलेखेका व्यक्ति गाउँमा आउँदा गाउँ रमाइलो हुन्छ । गाउँका विद्यालय, आमा समूह, युवा क्लाबलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग पनि गर्छन्”, उनले भने ।

बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि कमी हुँदै गएको छ । “युवाहरू विदेशमा छन् । अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ”, रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने । गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो ।

म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: