Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

खबरडबली संवाददाता

म्याग्दी । घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ ।

यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो ।

साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ । करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन् । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन् । हिजोआज गाउँको स्वरुप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन् ।

मलिका–६ का टेकबहादुर सिउथानीले भन्नुभयो, “संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन् । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन् ।”

विकास थपिँदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मङ्गला गाउँपालिका–५ का विकल सेनले बताए । गाउँमा सुविधाको कमी छैन । अवसर पनि प्रशस्तै छन् भन्दै गाउँका मानिस बढी महत्काङ्क्षी बन्दै गएपछि सहर केन्द्रित हुँदै गएको उनको भनाइ थियो ।

“घरघरमा चौविसैँ घण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ । विद्यालय पाँच मिनेटमा पुग्न सकिन्छ । स्वास्थ्यचौकी गाउँमै छ । गाडी बस्तीबस्तीमा पुग्छ । सूचना प्रविधिका कारण विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ”, सेनले भने, “यी सबै सुविधाहरु गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो ।”

विसं २०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ ।

लैङ्गिक अनुपात ९५.८७, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात प्राय: विदेशमा बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्याधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको जनाइएको छ ।

“अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन् । गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन् । फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन्”, बेनी नगरपालिकाका कृष्ण पौडेलले भने । सहर वा विदेशबाट निर्वाचनको समयमा गाउँ फर्केनेले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो ।

सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मङ्गला–४ का झकबहादुर विश्वकर्माले बताए। “गाउँमा आपतविपद् पर्दा, कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा, सहर र विदेशमा रहेका गाउँका व्यक्तिले सहयोग पनि गर्छन् । पढेलेखेका व्यक्ति गाउँमा आउँदा गाउँ रमाइलो हुन्छ । गाउँका विद्यालय, आमा समूह, युवा क्लाबलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग पनि गर्छन्”, उनले भने ।

बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि कमी हुँदै गएको छ । “युवाहरू विदेशमा छन् । अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ”, रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने । गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो ।

म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending