Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ : पूर्वराष्ट्रपति यादव

खबरडबली संवाददाता

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन् । 

नेपाल कला परिषद् काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको आइतबार अवलोकन गर्दै पूर्वराष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कलासंस्कृति र रहनसहनलाई ‘क्यान्भास’मा उतारेर काठमाडौंमा प्रदर्शन गर्दा विशेषतः खोटाङको परिचय आम नेपाली र विश्वसामु पुग्ने बताए । 

कला सृजनाको अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी हाम्रो देशका कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिए । प्रदर्शनीको आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन गरे । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौंको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी सुरु भएको हो । उक्त ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ । सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अभिरुचिका साथ कला अवलोकन गर्न आएका छन् । 

यसअघि प्रदर्शनीमा सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत सांसदले अवलोकन गरिसकेकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

प्रदर्शनीमा ५० देशका दुई सय १० चित्र सृजना समावेश छन् । स्वदेशी र नेपाल आएका विदेशी (१४ देशका) कलाकारले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सृजनाहरु यहाँ समावेश छन् । यसका साथै विदेश र स्वदेशबाट मगाइएका कूल ५० देशमा दुई सय १० भन्दा बढी चित्र प्रदर्शनीमा राखिएको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending