Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

दिलबहादुर रम्तेलको हत्या र ज्ञानेन्द्र शाहीको अभिव्यक्ति

ज्ञानेन्द्र शाही तिम्राे अगाडी तिम्रा छाेराछाेरीकाे कसैले हत्या गरे तिमी के गर्छाै ?

मनाेज भट्टराई
मनाेज भट्टराई

काठमाडाैं । यो कुनै काल्पनिक कथा र कुनै काल्पनिक पात्रहरू नभएर वास्तविकता हो । एउटा अकल्पनीय र अवर्णनीय घटना जुन २०५२ साल फागुन १४ गतेको थियो । आजका दिनसम्म पनि भयभीत बनाउने त्यो घटना एउटा अलिखित डरलाग्दो र पीडादायी इतिहास हो भन्ने लाग्छ ।

गोरखा सदरमुकामबाट उत्तरी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर, बहुजातीय, बहुभाषिक र विभिन्न सांस्कृतिक र सामाजिक परम्परा रहेको रमणीय साविक ताकुकोट गाविस हाल बारपाक सुलीकोट गाउँपालिका–६ मा अवस्थित सूर्यज्योति मावि २०५२ साल फागुन १४ गते एकाएक रणभूमि बन्यो । हुन त राष्ट्रिय राजनीतिक परिवर्तन र उथलपुथल भएसँगै घटनालाई आआफ्नै तरिकाले रङ भर्ने काम भएका होलान् तथापि तत्कालीन घटनाको वास्तविकतालाई उजागर गर्ने प्रयास गरिएको छ ।

गोरखाको सूर्यज्योति मावि त्यस क्षेत्रमा स्रोत विद्यालय थियो र जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूको रोजाइमा पर्ने कारण तत्कालीन समयमा करिब सात सय विद्यार्थी भएको अब्बल माविका रूपमा पहिचान बनाउन सफल थियो । घटना तत्कालीन प्रअ वीरबहादुर गुरुङसँग जोडिएको जस्तो देखिन्थ्यो । तत्कालीन प्रअ गुरुङ विद्यार्थीहरू र त्यस भेगका जनताहरूको प्रिय पात्र थिए । वीरबहादुर गुरुङ र तत्कालीन शिक्षक, स्टाफको लगनसिलताबाट विद्यालयले सफलता हासिल गरेको थियो ।

त्यो दिन (फागुन १४,२०५२)प्रअ गुरुङलाई गिरफ्तार गर्नका लागि भनेर पचासदेखि साठी जनाको सशस्त्र प्रहरी जत्था विद्यालयहाताभित्र प्रवेश गर्छ र एकाएक विद्यालय लडाइँको मैदानजस्तो बन्न पुग्छ । पाँचौँ घण्टी सकेर सबै शिक्षकहरू स्टाफरुममा पुग्न नभ्याउँदै प्रअलाई हतकडी लगाएर उनको आफ्नै गाउँको बाटो गरेर लैजाँदैगर्दा विद्यार्थीहरू असह्य चीत्कारसँगै ढुङ्गा बर्साउँदै पछि पछि दगुरी रहेका थिए । गाउँका किसानहरू मेलो छाडेर प्रहरीका पछि कुद्दै थिए । 

प्रहरीको जत्था गोली बर्साउँदै गोरखा सदरमुकाम जाने नियमित बाटो नभई प्रअको गाउँको बाटो लागेको हुन्छ र उनको आफ्नै गाउँ पन्द्रुङ, जराङ्गकै व्रह्माचारिणी निमाविका भाइबहिनीहरू रमिते भएर घटनातिर नियाल्दै गर्दा साना एघार वर्षीय अबोध बालक दिलबहादुर रम्तेल गोली लागेर ढल्छन् । अर्का रामप्रसाद भट्ट पनि गोली लागेर ढलेका हुन्छन् । दिलबहादुर घ्याम्पेसाल स्वास्थ्य चौकी लग्दैगर्दा बाटामा नै मृत्यु वरण गर्न पुग्छन् भने रामप्रसाद भट्ट गोली निकालेर हालसम्म पनि घाईते जीवन जीउन बाध्य रहेका छन् ।

आज रम्तेलको हत्या भएको २९ वर्ष पुगिसकेको छ । स्कुल र क्याम्पस गएको छोरो गुमाउन पर्दा, जंगल गएकी छोरी बलात्कृत हुँदा, स्कुल गएको शिक्षक बिद्यार्थीकै अगाडी ढल्दा, खेतमा जोत्न गएको श्रीमान खेतमै ढल्दा र सुतीरहेको परिवारको सदस्य थुतेर केही पर लगेर गरिएको हत्याको पिडा त हामीले भग्यौं । जो माओवादी जनयुद्धलाई नजिकबाट नियाली रहेका थियौं ।

सांसद ज्ञानेन्द्र शाहीलाई के थाहा ? यी र यस्ता घटनाको पिडा कस्तो हुन्छ भनेर ? जनयुद्धको जगमा भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलनको उपलव्धि गणतन्त्र नेपालको व्याज खाइरहेका उनले हिजो मात्रै संसदमा दिएको अभिव्यक्ति कति निन्दनीय छ त्यो शव्दमा उरारी रहन सम्भव नै छैन । उनको अभिव्यक्तिः ‘मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’
दिलबहादु रम्तेल सहित १७ हजार बढी सहिदहरुको बलीदानले प्राप्त गणतन्त्रका विरुद्ध उनी बारम्वार आइलागी रहेका हुन्छन् । उनका विरुद्ध  कुनै दलका एकजना नेताले बोल्न सकीरहेकाे देिखँदैन । यसले के लाग्छ भने कतै माओवादी सहितका गणतन्त्रबादीहरुले शहिद दिलबहादुर रम्तेल सहितका १७ हजार बढी सहिदहरुको सपना चकनाचुर त बनाउे हैनन् । शाहीले आइतबार संसद बैठकमा जो बोलेका छन् उनले यसको मूल्य एकदिन पक्कै चुकाउनु पर्ने छ ।

शाही जस्ता अपराधिक मानसिकता भएकाहरुलाई केही प्रश्न नगरी रहन सकिएन । १० वर्षे लामो जनयुद्ध र १९ दिने आन्दोलनमा तिमी कुन दुलामा थियौ  ? त्यही युद्धको सफलताले ल्याएको गणतन्त्रमा तिमीलाई यतिसम्म बोल्ने अधिकार कहाँबाट प्राप्त भयो? गणतन्त्रमा जनयुद्धको व्याज खादै जनयुद्धमा भएका एकाध घटनाका विरुद्ध बोल्ने आँट तिमीलाई कहाँबाट आयो? तिमी आठ–नौ वर्षको बालबालीका मारेर संसद बनेका हैनौ भने यति भन तिम्रो काखको आठ–नौ वर्षको छोराछोरी कसैले लगेर तिम्रै अगाडी हत्या गर्छ भने के हेरेर बस्छौ? ओछ्यानमा सुती रहेको तिम्रो आमाबावु, दाजभाई, दिदीबहिनी, तिम्रो श्रीमती, छोराछोरी र आफन्तको अपहरण पछि हत्या हुँदा तिमी के गरेर बस्छौ ? शाही जी तिमी सँग यसको जवाफ छ ? 

उनी जस्ता अपराधिक मानसिकता भएकाहरू सँग यसकाे जवाफ त कहाँबाट हुनु जुन बेला उनी जुम्लाबाट तल झरेकै थिएनन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: