काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
केन्याको नैरोबीमा मङ्गलबारदेखि सुरू भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसङ्घीय पद्धति, विश्व वन्यजन्तु कोषलगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
मन्त्री महतोको निजी सचिवालयका अनुसार नेपालको विकासका साझेदार तथा वातावरण संरक्षणमा सक्रिय संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय निकायसँगको सहकार्यमा ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा नेपाललाई सफलता मिलेको उल्लेख गर्दै मन्त्री महतोले यो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती पनि खडा गरेको टिप्पणी गरे ।
उनले वासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपाल पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको बताए । साथै मन्त्री महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेका बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: