काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवती लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हाे ।
मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकेा छ ।
बैंकले बागमती प्रदेशमा भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका, रसुवाकाे गोसाइकुण्ड गाँउपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ७०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, इस्मा गाँउपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन गाँउपालिका, सुनिलस्मृति गाँउपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १,८०० भन्दा बढिको सहभागिता रहेको बैकले जनाएकाे छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाँउपालिका, पूर्वीचौकी गाँउपालिका, बाजुराको बढिमालिका नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाँउपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७५० भन्दा बढि लक्षितवर्गहरुको सहभागिता रहेकाे थियो ।
मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य ग्लोबल आइएमई बैंकले गरेकाे याे वित्तीय साक्षरता कार्यक्रम सर्वसाधरणाका लागि बहु उपयाेगी रहेकेा बैकले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...
पौष ४ गते, २०८२ - ०९:४५
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...




प्रतिकृया लेख्नुहोस्: