भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताएका छन् ।
आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक–पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
उनले अहिले राजनीतिक दलहरु हिँडेको बाटोको सीमक्षा गर्न आवश्यक रहेको समेत उल्लेख गरे । उनले भने, “हामी हिँडेको बाटोको एक पटक समीक्षा आवश्यक छ । कमजोरी कहाँ भएको छ । एकचोटी सबैले छातीमा हात राखेर मनन गरौँ । सबै एकजुट हुने हो भने समृद्धि सम्भव छ ।”
नेता खनालले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिए । “सबै मिलेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तय गरौँ । यसबाट सुन्दरतामा सुगन्ध पनि थपिन्छ”, उनले भने ।
उनले नेपालमा विराट सम्भावना रहेको र चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको समेत उल्लेख गरे । “भरतपुरमा विकास र रुपान्तरणका प्रक्रिया आगाडि बढ्दै छन् । भ्रमण वर्षको उद्घाटन महोत्सवका रुपमा स्थापित भएको छ”, उनले भने । खनालले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि छोरी मात्रै नभई नेपालीकी छोरी भएको बताए ।
“रेनु दाहालको नेतृत्वमा यो कार्यक्रम आयोजना भएको छ । प्रमुख दाहाल कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हुनुहुन्छ । धैरै कामहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु”, उनले भने । उनले दाहालले लिएको नीतिबाट समृद्ध चितवन बन्न सकोस भन्दै कामना समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: