काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला दलहरू यस पटक कमजोर बनेका छन् भने नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले प्रदेशको राजनीतिमा बलियो प्रवेश गरेका छन् ।
कोशीका १४ जिल्लामा रहेका २८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १७ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ । श्रम संस्कृति पार्टीले ३ सिट जित्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेस ले समान ४–४ सिटमा चित्त बुझाउनुपरेको छ । अघिल्लो निर्वाचनमा ३ सिट जितेको नेपाल कम्युनिस्ट पार्टी यस पटक प्रभावहीन बनेको छ ।
झापा, मोरङ र उदयपुरमा रास्वपाकाे ‘क्लिन स्विप’
रास्वपाले झापा, मोरङ र उदयपुर जिल्लामा सबै सिट जित्दै ‘क्लिन स्विप’ गरेको छ । झापामा मात्रै होइन, सुनसरी, ओखलढुंगा लगायत जिल्लामा पनि रास्वपाको प्रभाव उल्लेख्य देखियो ।
झापा–५ मा स्वतन्त्र छविका नेता बालेन्द्र साह (बालेन) ६८ हजार ३४८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओली ले १८ हजार ७३४ मत पाए ।
मोरङका ६ वटै क्षेत्रमा रास्वपा विजयी भयो । सुनसरीका ४ मध्ये ३ क्षेत्रमा रास्वपा र १ क्षेत्रमा श्रम संस्कृति पार्टी विजयी भयो ।
श्रम संस्कृतिको उदीयमान उपस्थिति
चार महिनाअघि मात्रै गठन भएको श्रम संस्कृति पार्टीले भोजपुर, खोटाङ र सुनसरी–१ मा जित निकाल्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गरेको छ ।
पहाडी जिल्लामा कांग्रेस–एमालेको उपस्थिति
इलाम, पाँचथर, तेह्रथुम, सोलुखुम्बु, ताप्लेजुङ र संखुवासभा जस्ता जिल्लामा भने कांग्रेस र एमालेले आ–आफ्नो उपस्थिति जोगाएका छन् ।
समानुपातिकतर्फ पनि रास्वपा पहिलो
कोशी प्रदेशमा समानुपातिक मततर्फ पनि रास्वपा पहिलो बनेको छ । रास्वपाले ८ लाख ३६ हजार ७६८ मत प्राप्त गर्दा कांग्रेसले २ लाख ७८ हजार ७०७ र एमालेले २ लाख ७७ हजार ३०१ मत पाएका छन् । श्रम संस्कृति पार्टी २ लाख ७४ हजार ७२४ मतसहित चौथो बनेको छ ।
यस परिणामले कोशी प्रदेशको राजनीतिमा नयाँ युगको संकेत गरेको छ । परम्परागत शक्तिहरू कमजोर बन्दै जाँदा नयाँ दलहरूले जनमतको ठूलो हिस्सा आफ्नो पक्षमा पारेका छन् । अब प्रदेशको सत्ता समीकरण र संघीय राजनीतिमा यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: