तनहुँ । भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ ।
भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुने विश्वास गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उनले भने, “भरतपुर आउने पर्यटकलाई देवघाटसम्म ल्याउने वातावरण सृजना गरी यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि हामी सहकार्य गर्छौं ।”
भरतपुर भ्रमण वर्ष सफल बनाउन देवघाटको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । भरतपुर महानगरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो । भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिकरुपमा आह्वान गरेको थियो ।
भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए । भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार–व्यवसायको प्रवद्र्धन हुने अध्यक्ष थापाले बताए । उनले भने, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा समेत सहयोग पुग्छ, त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”
भरतपुर भ्रमण वर्षले भरतपुरको मात्र नभई आसपासका छिमेकी जिल्लाको पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्ने महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन । महानगरपालिकाले घुम्ने गन्तव्यको सूचीमा देवघाटलाई समेत समावेश गरेको छ । देवघाटमा चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बालगायत पर्यटकीय गन्तव्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: