काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छिन् । सङ्घीय संसद् भवनमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट पारिन ।
आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहेही मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको बताइन् ।
“माओवादी राष्ट्रियसभामा ठूलो पार्टीका रुपमा आयो तर अहिलेसम्म आफ्नो पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रियसभासम्म कहीँ पनि माओवादीको प्रतिनिधित्व छैन । प्रधानमन्त्री हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ । अहिले जति विषयहरु उठेका छन्, ती माओवादीले नै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र त्यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो,” उनले भनिन् ।
राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दिने विषयमा स्थायी समिति बैठकमा सहमति भएको र सोहीअनुसार पार्टीले दाबी गरेको उनले जानकारी दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: