Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चितवन बालिका शंकास्पद मृत्यु प्रकरणः जनदबाबपछि वार्डेन, प्रिन्सिपलसहित तीन जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल ९प्रधानाध्यापक० ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो ।  

विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न जनदबाब निकै बढेको थियो । 

शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएका थिए । 

बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको थियो । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिनखोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको बताउँदै आएको थियो । 

शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ । 

शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा  मृत भेटिएकी थिइन् । घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएका पीडित परिवारले छोरीलाई चितवनको विद्यालयमा छात्रावासमा राखेर पढाउँदै आएको थियो । 

मृतक बालिकाका आमा र बुबाबीच दश वर्षअघि नै सम्बन्धविच्छेद भएको, बुबा काठमाडौंमा बस्दै आएको र आमा वैदेशिक रोजगारीका लागि दुबई रहेको, आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्धविच्छेदको फैसला गरेका कारण शालिन आमाको संरक्षणमा मामाघरमार्फत छात्रावासमा बस्दै पढ्दै आएकी थिइन् । परिवार बलियो नभएको र पारिवारिक संरक्षण उचित नभएको देखेर उनीमाथि बलात्कार गरिएको हुनसक्ने  आशंका गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending