काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमारहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औल्याएका छन्।
नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सदस्यहरूको आजसम्म पनि बैठक बस्न नसकेपछि शनिबार बिहान महरको सिचवालय बानेश्वरमा गुनासो गर्न पुगेका संघका केन्द्रीय नेताहरूसँग छलफल गर्दै महरले पाँच जना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताएका छन्।
'पार्टी शीर्ष नेतृत्वको जिम्मालिएकाहरूको फाइदाका लागि युवाविद्यार्थीहरूलाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिलेसम्म नेविसंघको बैठक बस्न सकेको छैन। भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन्। पार्टीका विभाग गठन हुन सकेका छैनन्। पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन,' उनले भने। व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तो सुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आम जनता, पार्टीको जिवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए।
'महासमिति बैठको प्रस्ताव लेखनका लागि संयोजक तोकियो। प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो। समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आम कार्यकर्तासँग समन्वय नगरेरै एकै पटक प्रस्ताव केन्द्रीय समितिमा लगियो। त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो। महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो। यद्यपी त्यो केन्द्रीय समितिको थियो,' महरले भने।
महासमिति बैठक लगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै असन्तुष्टि जनाए। उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे।
कांग्रेसका मूल पदाधिकारीहरू र मुख्य प्रतिस्पर्धी नेता शेखर कोइरालालगायतले प्रशिक्षणात्मक मन्तव्य दिएर बैठक अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा त्यो तदारुकता कसैमा नदेखिएको बताए। 'बैठकलाई अगाडि बढाएर शीर्ष नेताहरूले नेविसंघको गति, नेविसंघले खेल्नुपर्ने भूमिका, यसका कामको महत्त्वलगायत विषयमा संवाद गरिनुपर्थ्यो। त्यो हुन सकेन। देशभरबाट आएका केन्द्रीय सदस्यहरू चार दिनदेखि काठमाडौंमा अलपत्र हुनुहुन्छ,' उनले भने। यस्तो हुँदा पार्टीमा युवाले भविश्य नदेख्ने र युवा आकर्षण कम हुनेतर्फ नेतृत्व चिन्तित हुनुपर्ने महरको धारणा छ।
व्यक्ति बलियो बन्न,गठबन्धन बलियो बनाउन, पद प्राप्त गर्न र गुट वलियो बनाउन नेताहरु चनाखो देखिए पनि आम जनता र कांग्रेसको भविश्यका बारेमा चिन्तित नदेखिनु चिन्ताको विषय भएको महरले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: