Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४

डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरू भएको कन्कलेभ शनिबारसम्म सञ्चालन हुनेछ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै २ दिनसम्म चल्ने कन्क्लेभको उद्घाटन गरेका थिए ।  कन्क्लेभमा कर्णाली प्रदेशका मुख्यमन्त्री, अन्य प्रदेशका मन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी लगायत ६०० बढी आईटी सरोकारवालाहरूको उपस्थिति रहेको छ । 

कार्यक्रममा कर्णाली प्रदेशको डिजिटल विकास र इकोसिस्टममा वृहत बहस र छलफल हुनेछ । कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन छन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रविधिको विकास नगेरर कर्णालीलाई माथि उठाउन नसकिने बताए । कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलो पटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दैछ । अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौं,’ उनले भने, ‘डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछौं ।’

कार्यक्रमको उद्घाटन शत्रमा कर्णाली प्रदेशको वर्तमान डिजिटल अवस्था र अब चाल्नुपर्ने कदम शीर्षकमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले किनोट प्रस्तुती दिएका थिए ।  यस्तै युएनडीपीका डाटा म्यानेजमेन्ट तथा एमएण्डई एनालिष्ट राम कुमार यादवले पावरिङ डिजिटल कर्णाली अन द ग्राउण्ड लाइटनिङ प्रस्तुति र आईटी विज्ञ मनोहर कुमार भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरण समाधान र इकोसिस्टम शीर्षको किनोट प्रस्तुती दिएका थिए । 

त्यसैगरी उद्घाटन शत्रमा डिजिटल कर्णालीका लागि सोच नेतृत्व विषयमा पावर संवाद सेसन भएको थियो । यस सेसनमा वक्ताको रूपमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र निवर्तमान मुख्यमन्त्री जीवन बहादुर शाही रहेका थिए । यस शत्रलाई ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले सहजीकरण गरेका थिए । 

पावर सेसनमा बोल्दै दुवै वक्ताले कर्णालीको डिजिटल विकासका लागि पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  यस्तै उद्घाटन शत्रको समापन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए ।

२ दिने कार्यक्रममा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट, डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ । दोस्रो दिन डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति समेत रहनेछ, जसमा कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुनेछन् । 

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुनगाभा टेलिभिजन लगायत डिजिटल कर्णाली कन्क्लेभको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।  डिजिटल कर्णाली कन्क्लेभ २०२४ लाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नाष्ट, क्यान महासंघ कर्णाली प्रदेश, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शुन्यएक, डायनामिक ईआरपी, जियोकृषि आईएमई पे, युएनडीपी, क्यासिफिक लगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending