लुम्बिनी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले यसको आफ्नै महत्व रहेको बताएका छन् ।
उक्त विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतमा शनिबार लुम्बिनीमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले यो विश्वविद्यालय मुलुकको मात्रै नभई अन्तर्राष्ट्रिय चासो र सरोकारको विश्वविद्यालय हो भने । यसले विश्वसमुदायलाई शान्तिको सन्देशसहितको बौद्ध शिक्षा फैलाउने र मुलुकका लागि दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएको बताए ।
शिक्षामन्त्रीले नेपालमा अनेकौँ पुरातात्विक क्षेत्र रहेका र त्यसको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य भएको बताए । उनले कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै बौद्ध पुरातात्विक क्षेत्रको उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयका जनशक्ति प्रयोग गर्ने गरी मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले योजना बनाउनुपर्ने बताउँदै यसबाट विश्वविद्यालयमा विद्यार्थीको आकर्षण हुनुका साथै पुरातात्विक वस्तुको उत्खननमा छोटो समयमा ठूलो उपलब्धि हासिल हुने र मुलुकले दक्ष जनशक्ति प्राप्त गर्ने बताए ।
मन्त्री राईले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययनअध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउने ध्येयलाई भुल्न नहुनेमा जोड दिए । बौद्ध शिक्षामार्फत राष्ट्रिय शिक्षा विकासमा योगदान पुर्याउन योजनाबद्ध ढङ्गबाट अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।
यसअघि प्रधानमन्त्री दाहालले लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको केन्द्रीय कार्यालय भवनको उद्घाटन गरे । करिब रु २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: