Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

खबरडबली संवाददाता

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ । 

नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष  फ्रा धम्मशोभन महास्थवीरले शनिबार एक समारोहका विच उद्घाटन गरेका हुन् । 

अखिल नेपाल भिक्षु महासंघ सचीव भिक्षु निग्रोध महास्थवीरले रिवन काटेर उद्घाटन गरिएको हो । अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो । विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ । 

विहार उद्घाटनपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.ल्हारक्याल लामाले  शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए । ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा. लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज  उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताएका छन् । कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायतले बोलेका थिए । 

विहारभित्र बुद्ध मूर्ति  एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ । विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् । भिक्षु महासंघले आईतबारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजना गरेको छ । लुम्बिनी विकास कोष लगायतका संस्थाहरुसँग सहकार्यमा आयोजित त्रिपिटक पाठ समारोहको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नेछन् । आईइबार विहान पवित्र त्रिपिटक ग्रन्थ शोभायात्रा शुरु हुने अपखल नेपाल भिक्षु महासंघका महासचिव धर्मगुस्त महास्थविरले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending