काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् ।
यो उपाधिसँगै धावक मगरले पुरस्कार स्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बलका सहायक हवल्दार किरणसिंह बोगटीले दुई घण्टा २३ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थानसहित रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
नेपाली सेनाका प्यूठ राजन रोकायाले उक्त दौड दुई घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गरेर तेस्रो स्थानसहित रु एक लाख प्राप्त गरेका छन् । प्रतियोगितामा दशौँ स्थान हासिल गर्न सफल धावकलाई रु पाँच हजारदेखि ५० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।
एक्काइस किलोमिटर हाफ महिला म्याराथन, सोही विधामा पुरुष स्पर्धा, सैनिक महाविद्यालयका छात्रछात्रातर्फको १० किलोमिटर दौड, सैनिक अधिकृत महिला र पुरुष तथा सैनिक सहचारी कार्यालयका पदाधिकारीको १० किलोमिटर दौडका विजयीलाई पनि पदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
विभिन्न विधामा विजयी भएका धावकलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, अवकाशप्राप्त महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: