काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हाल साविक गरी पुर्जा उपलब्ध गराउने कामका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा काम गर्ने नेत्रबहादुर पोखरेलले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको बेला आयोगले पक्राउ गरेको थियो ।
लेखापढी व्यवसायी पोखरेलले रु एक लाख घुस लिएको र त्यसमध्ये रु ५० हजार चौलागाईलाई बुझाएको आयोगको भनाइ छ । आयोगले उनीहरुविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै, आयोगले धनुषा सहिदनगर नगरपालिका आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको पाइएको भन्दै आयोगले आज तत्कालीन नगर प्रमुखसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन नगरप्रमुख उदयकुमार यादव, तत्कालीन नगर उपप्रमुख शिलादेवी कामपर, प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारीविरुद्ध रु १३ लाख ९३ हजार छ सय ८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले सहिदनगर नगरपालिका धनुषाका तत्कालीन सव–इञ्जिनियर सरोजकुमार महत्तो, रेजा टे«डिङ प्रालि धनुषाका प्रोपाइटर अकवर मन्सुरविरुद्ध पनि रु १३ लाख ९३ हजार छ सय ८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: