एजेन्सी । गाजा-सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार कायरो आइपुगेको छ ।
आधिकारिक सुरक्षा स्रोतले जनाए अनुसार हमासका उपप्रमुख खलिल अल-हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।
अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् ।
यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरी २०० जना भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - २०:४८
जाजरकाेट । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्...
मंसिर १४ गते, २०८१ - २०:२१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते ...
मंसिर १४ गते, २०८१ - २०:०९
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । काठमाडौंबाट रस्नालुतर्फ ज...
मंसिर १४ गते, २०८१ - २०:०६
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच द्...
मंसिर १४ गते, २०८१ - २०:०१
काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण...
मंसिर १४ गते, २०८१ - १९:५८
काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन् । नेपाल क्...
मंसिर १४ गते, २०८१ - १९:५२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्च...
मंसिर १४ गते, २०८१ - १९:४८
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष...
मंसिर १४ गते, २०८१ - १९:४३
कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्...
मंसिर १४ गते, २०८१ - १९:४०
मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी प...
प्रतिकृया लेख्नुहोस्: