Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

को हुन् मन्त्रीको चर्चामा रहेका अच्युत प्रसाद मैनाली ?

खबरडबली संवाददाता

काठमाडाैं ।  सरकार समीकरण परिर्वतन भएसँगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिसतको बिस्तारको तयारीमा सरकार देखिन्छ । कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ । 

एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि परिरहेको बेलामा पार्टी भत्र एउटा नाम मन्त्री बन्ने भन्ने चर्चा चलिरहेको छ । एमालेका अच्युतप्रसाद मैनालीको नाम अहिले एमाले भित्र मन्त्रीहुने नेताको रुपमा चर्चामा छ । तर, मैनाली भने आफैँ मन्त्रीबन्ने दौडमा छैनन्, पार्टी भित्र भने सम्भावित मन्त्रीको चर्चामा उनको नाम चलिरहेको छ । 

बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीको जन्म २०२२ असार ९ गते काभ्रे जिल्ला हालको रोशी गाउँपालिका थानसिङमा भएको हो । उनी स्वर्गीय नन्दिकेशर मैनाली र भवानीदेबीको जेष्ठ सुपुत्र हुन ।

मैनालीले कानुन शास्त्रमा स्तानक र समाजशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन । मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका– १ का स्थायी वासिन्दा हुन् ।

सादगी जीवनको परिचय बनाउनु भएका अच्युत प्रसाद  मैनालीको सबैभन्दा ठूलो पुँजी भनेको राजनीतिको अविराम यात्रा नै हो । जननेता मदनकुमार भण्डारीका शब्दलाई सापट लिने हो भने मैनालीसँग राजनीतिमा थकाई भन्ने शब्दावली नै भेटिन्न । 

मैनालीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३५ सालको विद्यार्थी अन्दोलनमा सक्रिय सहभागी मैनाली २०४६ र २०६२÷०६४ सालको जनअन्दोलनमा पनि निरन्तर सहभागी भएका थिए ।

यसबीचमा पटक पटक गिरफ्तारीमा समेत परेका मैनालीले २ वर्षसम्मको जेल जीवन समेत बिताएका छन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग काठमाण्डौंमा केही समयसंगै जेल जीवन बिताएका थिए ।

२०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका मैनाली तत्कालिन नेपाल मजदुर किसान संगठनमा अवद्ध थिए भने विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध भइ राजनीतिको लामो यात्रामा लाग्नु भएका मैनाली, पञ्चायती शासनको उतार्ध २०४३ मा नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अत्याधिक मतले विजयी भएका थिए ।

हाल नेकपा (एमाले) पोलिटव्यूरो सदस्यको पार्टी जिम्मेवारी बहन गरेका छन् । विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा प्रवेश गर्नुभएका मैनालीले आजको दिनसम्म पार्टी हितविपरीत लाग्नुभएको छैन् । पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता छ । 

उनीसँग बारा जिल्लाको कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै, जिल्ला कमिटीको सचिवको जिम्मेवारी कुशल ढंगले सम्हालेको अनुभव छ । राजनीतिमा अवसरका लागि दौडिनेहरुको भीड भन्दा फरक पहिचान बनाएका मैनालीले विसं २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको जनसम्पर्क सल्लाहकार भई काम गर्ने अवसर प्राप्त गरेका थिए ।

बहुदल प्राप्तिको आन्दोलनमा होस् या लोकतन्त्र÷गणतन्त्र प्राप्तिको आन्दोलनमा नै किन नहोस् उहाँ निरन्तर–निरन्तर लागिरहे । राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर दुई वर्ष बढी जेल जीवन बिताएका उनी २०७९ को निर्वाचनमा बारा क्षेत्र नं १ बाट सङ्घीय सांसदमा सानदार निर्वाचित भए ।

अब हुने मन्त्रीपरिषद गठनमा पार्टीले माननीय अच्युत प्रसाद मैनालीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व दिदा न्याय नै हुने एमाले नेता तथा कार्यकर्ता बताउँछन् । उनले एमाले अध्यक्ष केपी ओली ०७४ सालमा प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा समेत नियुक्र भएका थिए ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending